Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

कठिन मोडमा अर्जेन्टिनाको विश्व कप यात्रा



messi

१६ भदौ । दक्षिण अमेरिकी छनोट राउन्डमा हिजो भएको खेलमा उरुग्वे सँग बराबरीमा रोकिएसँगै अमेरिकाको विश्व कपको यात्रा कठिन बन्दै गएको छ । आज बिहान सम्पन्न खेलमा उरुग्वे सँग बराबरीमा रोकिदै एक एक अंक बाडेका थिए । अर्जेन्टिना छनोट चरणको पाँचौ स्थानमा रहेको छ । अर्जेन्टिनाले अहिले सम्म २३ अंक जोडेको छ । अर्को प्रतिद्वन्द्धी चिलीको पनि समान २३ अंक भएपनि गोल अन्तरको आधारमा चिली चौथो स्थानमा रहेको छ ।
विश्वकपमा स्वतः स्थान बनाउन अर्जेन्टिनाले छनोट चरणको अन्तिम सम्म कम्तीमा पनि चौथो स्थान सम्म रहनु पर्छ । यदि पाचौँ स्थानमा रहन सकेको खण्डमा आसियान मुलक सँग प्ले अफ खेल्नु पर्ने हुन्छ ।
निरन्तर खराब नतिजाबाट गुज्रिएको अर्जेन्टिनाले पुर्व प्रशिक्षकलाई हटाउदै जोर्गे साम्पोलीलाई ल्याएको थियो । साम्पोलीको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले पाँच दिन पछि अंक तालिकाको पुछारमा रहेको भेनेजुएला सँग खेल्दै छ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन