१६ भदौ,वेँशीशहर (लमजुङ) । जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् ।
सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अँलैची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।
उचाइ अनुसार फरक÷फरक समयमा अँलैची पाक्ने हुँदा सो भन्दामाथि लगाइएको अँलैची असोज लागेपछि मात्रै टिप्न शुरु गरिने उहाँले बताउनुभयो । अँलैची पाकेपछि किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त रहेका भूलभूलेका कमलबहादुर खत्रीले बताउनुभयो । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा किसानलाई अहिले फुर्सद नभएको खत्री बताउनुहुन्छ ।
भूलभूलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गाँंैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अँलैची खेती गरिएको छ । पछिल्लो समय कृषकले अँलैची उत्पादन हुने क्षेत्रलाई समेटेर अँलैची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना कार्यान्वयनको लागि अँलैची जोन कार्यक्षेत्र प्रस्ताव गरीएको हो ।

