back

स्रष्टाको सिर्जनालाई अनुमति नलिइकन प्रतिलिपि गर्नेलाई कारवाही

वि.सं.२०७४ भदौ १६ शुक्रवार

240 

shares
NTC AD
Global IME AD

१६ भदौ,काठमाडौँ  । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्र बाँकी रहेका सबै निर्वाचन सम्पन्न गरी देशमा दिगो स्थायित्व र स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल संगीत उद्योग संघ र संगीत उत्पादक समाज नेपालले संयुक्त रुपमा आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बस्नेतले आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनपछि लगत्तै प्रदेश र केन्द्रको चुनावी वातावरण तयार हुने बताउनुभयो । उहाँले स्रष्टाको सिर्जनालाई अनुमति नलिइकन प्रतिलिपि गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गरिने चेतावनी पनि दिनुभयो ।

कलाकार मदनकृष्ण श्रेष्ठले स्रष्टाको सिर्जनाको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनुभयो । प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले प्रतिलिपि अधिकार ऐन कार्यान्वयनका क्रममा रहेको जानकारी दिनुभयो ।

नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर र संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मलराज ढकालले स्रष्टाका सिर्जनाको संरक्षण तथा नेपाली संगीत क्षेत्रको विकासमा दुवै संस्थाले सहकार्य गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली गीत तथा संगीतका क्षेत्रमा योगदान पु¥याउने महजोडीलगायतलाई सम्मान गरिएको थियो । रासस

वि.सं.२०७४ भदौ १६ शुक्रवार १५:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

आजदेखि झुलाघाट नाका बन्द

आजदेखि झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द...

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले...

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका...

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...