
स्लाम धर्मवलम्वीहरुको महानपर्व बक्रा इदको उपलक्ष्यमा अरबमा मिल्ने लामो छुट्टिलाई नेपाली समुदायको लागी मनोरञ्जनात्मक बनाउने उदेश्यले न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबले “आन्पुर्ण गोल्डकप २०१७ ” को आयोजना गरेको छ ।
हिमाल एयरलाइन्स,हिमाल रेमिट र IME बैंक देखि गेष्टहाउस सम्मको सहकार्यमा न्यु अन्नपूर्ण गोल्डकप शुचारु हुने भएको हो ।
अघिल्लो वर्ष पनि यस क्लबले तत्कालीन परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथिमा फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । बिदेशी भुमिमा पनि न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबको फुटबल प्रतिको लगनशिलता र मेहनतले यस वर्ष साथ , सहयोग धेरै पाएको न्यून अन्नपूर्ण स्पोर्ट्स क्लबका अध्यक्ष श्री प्रसाद यवा लिम्बुले बताउनु भयो । यवाले भन्नू भयो ‘ यस वर्ष खेल प्रतियोगिता हुनु अगाबै अपेक्षा भन्दा धेरै साथ सहयोग र हौसला पाएका छौं तर चुनौतीहरु पनि यो पटक धेरै थिए र छन प्रतियोगितालाई अनुशासित , मर्यादादित र लोकपि्रय बनाउन अन्तिम चरणमा जुटिरहेका छौं ‘ अघिल्लो वर्ष २५ हजार रियल घाटा लागेको बताउने न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबले एक वर्ष अवधी भित्र नेपाली मात्र नभएर स्थानीय साउदिको मन जितेको छ ।
अध्यक्ष यवाले फुटबल प्रती गराएको ब्रीफिङ र देखाएको लगनशीलताबाट प्रफुलित सोन्स अफ सलिम माघलुथ अरबिक कम्पनिले १६ हजार २ सय साउदी रियल (नेपाली ४ लाख माथी ) दिएका छन साथै दुई दशक देखि साउदीमा व्यवसाय गर्दै आउनुभएका अलबदर ट्रेनिङ कम्पनीका प्रोपाइटर जोन अर्यालले खेल अवधिभर लाग्ने खर्चको आधा हिस्सा बेहोरिदिने प्रतिबद्धता गर्नुभएको छ भने न्यून अन्नपूर्ण स्पोर्ट्स क्लबलाई हिमाल रेमिट बैंक , ग्लोबल आइएमइ बैंक , काठमाडौको वर पिपल गेष्ट हाउस र दमाममा भर्खरै मात्र खोलिएको हिमालयन एयरलाइन्सले हातेमालो गरिदिएको छ ।
प्रचार प्रासार संयोजक अन्जनी अधिकारीका अनुसार जुवेलको प्रतिष्ठित मैदानहरु मध्येको अल हवालयात खेल मैदानमा खेल आइतबार बिहान ९ बजे देखि सुचारु हुन्छ र ३ बजे बन्द हुनेछ । खेल समय २० मिनेट , ५ मिनेट आराम गर्दा प्रतेक ग्याम ५० मिनेटको हुनेछ बाकी फिफा नियम अनुसार खेल हुनेछ ।
सेक्टेम्बर ३ बाट शुरुभएको यश प्रतियोगीको फाइनल ५ सेक्टेम्बरमा साउदिका लागि नेपाली राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिहं राजपुतको हस्तबहुलिबाट हुनेछ । यस फुटबल प्रतियोगिता अवधिभरको प्रत्यक्ष प्रसार नेपाल सरकार द्वारा मान्यता प्राप्त डिसि नेपाल , गोल डटकम , तिनजुरे अनलाइन र सैलुङ अनलाइनले गर्नेछन ।