back

नेपाली जनसम्पर्क समिति ओमानले पठायो बाढि पीडितका लागी राहत

वि.सं.२०७४ भदौ १७ शनिवार

843 

shares

omanpओमान । नेपाली जनसम्पर्क समिति ओमानले बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम पठाएको हो । दुःखको घडीमा बाढि पीडितहरुलाइ केही मलम लगाउने उद्धेश्यका साथ समितिले राहत संकलन अभियान चलाएको थियो । त्यसबाट संकलन भएको रकम प्रधानमन्त्री दैबिप्रकोप राहतकोष नेपाल बैंक लिमिटेडको खातामा ओमानी रियल २३९ अर्थात नेपाली रूपैया तिरसठि हजार दुई सय पचासी (६३,२८५) जम्मा गराएको हो ।
यो रकम जम्मा गराएको बारेमा नेपाली राजदुतावास मस्कट ओमानका महामहिम राजदुत शर्मिला पराजुली ढकाल लाइ संस्थाका सभापति फशुराम पोख्रेल (धनु) ले जम्मा गरेको रकमको रसिद हस्तान्तरण गर्नु भएको थियो ।
सो अबसरमा महामहिम राजदुत शर्मिला पराजुलि ढकालले यस कार्यको लागि नेपाली जनसम्पर्क समिती ओमानलाइ धन्यवाद दिनु भएको थियो ।
केहि दिन अगाडि आएको बर्षाको कारण बाढि पहिरो बाट ब्यापक धनजनको क्षति भएको प्रति दुख व्यत्त गर्दै बाढिमा परि मृत्यु हुनेहरु प्रती समितिले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ लाभको गरेको छ ।
यो कार्यमा सहयोग गर्नु हुने सम्पुर्णलाइ नेपाली जनसम्पर्क समिती ओमानले धन्यवाद ज्ञापन गरेको समिति का सभापति पोखरेल ले जानकारी गराउनु भएको हो ।

वि.सं.२०७४ भदौ १७ शनिवार ०६:२३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...