Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

युवाकवि भविनको ‘छायाँ’ विमोचित



 p1

१६ जेठ, काठमाडौँ ।युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका थिए ।

छायाँबारे उपकुलपति घिमिरेले भने( ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्पmत् । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’

यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राखे— ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ । सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।’

समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । उनले भने— ‘कविताको मौलिक स्वाद यसमा छ ।’

p2

कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले भने— ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन ।’

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने— ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’

लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यस अघि उनको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ ।

उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी