back

कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने सरकारको तयारी

वि.सं.२०७४ भदौ १८ आइतवार

714 

shares

jalbidhut१८ भदौं, काठमाडौँ । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ ।

मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी जलविद्युत् परियोजनासमेत सोही क्षेत्रमा पर्दछ ।

दश हजार ८०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीको आयोजनाका रुपमा पनि विकास गर्न सकिने बताउँदै आएको छ ।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सो आयोजनालाई अगाडि बढाउने भन्दै अध्ययनसमेत शुरु गर्नुभएको थियो । कर्णाली नदी बेसिनलाई जलविद्युत् पर्यटनको नमूना गन्तव्य बनाउने लक्ष्यका साथ वर्तमान सरकारले केही नीतिगत तयारी थालेको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदी बेसिनमा बहुउद्देश्यीय परियोजना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने रणनीतिका साथ आवश्यक तयारी शुरु गरिएको जानकारी दिनुभयो । कर्णाली बेसिनमा हाल कुनै पनि नयाँ आयोजना शुरु नभएको सन्दर्भमा बृहत् गुरुयोजनाका साथ जलविद्युत् र पर्यटनलाई संयुक्तरुपमा जाने गरी नीतिगत तयारी र आवश्यक रणनीतिसमेत तयारीको चरणमा रहेको बताउनुभयो ।

कर्णाली नदी बेसिनअन्तर्गत हाल माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर) ले निर्माण शुरु गर्ने चरणमा पु¥याएको छ । कुल ९०० मेगावाट क्षमताको सो आयोजना उक्त नदी बेसिनको हालसम्मकै ठूलो आयोजना हो ।

यस्तै सरकारले कर्मचारी सञ्चय कोषलाई बेतन कर्णाली जलविद्युत् आयोजना सम्भाव्यता अध्ययनका लागि भन्दै स्वीकृति दिइसकेको छ । सो आयोजनाको क्षमता ६८८ मेगावाट रहेको रहेको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारी र स्थानीयवासी समेतको लगानीमा फूकोट कर्णाली जलविद्युत् आयोजनासमेत अगाडि बढ्ने भएको छ । सो आयोजना हाल विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ ।

यस्तै ३०७ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना पनि कर्णाली नदी बेसिनको अर्को महत्वपूर्ण आयोजना हो । उक्त आयोजना विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ ।

यस्तै प्रारम्भिक अध्ययन भएका मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी नदी र त्यसका सहायक नदीमा पनि ठूला र महत्वपूर्ण आयोजना रहेका छन् । नेपाल इञ्जिनियरिङ कलेजका प्राध्यापक रघु प्रजापतिले गर्नुभएको अध्ययनअनुसार कर्णाली नदी बेसिनमा मात्रै १४ हजार १५० मेगावाट बराबरको जलविद्युत्को क्षमता रहेको छ ।

मुलुकभित्रैको हकमा मुगु कर्णाली १६० किलोमिटर र हुम्ला कर्णाली १०० किलोमिटर लम्बाइ रहेको छ । जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार आर्थिक र प्राविधिकरुपमा सम्भाव्य रहेको ४२ हजार ९१५ मेगावाटमध्ये कर्णाली नदी बेसिनमा मात्रै एक तिहाइ क्षमता रहेको छ । कर्णाली नदी बेसिनमा १५ मेगावाट क्षमतादेखि १० हजार ८०० मेगावाटसम्मको रहेको छ ।

ऊर्जामन्त्री शाहीले हालसम्म सबै आयोजना अध्ययनका क्रममा नै रहेकाले बहुउद्देश्यीय बनाउने र लगानीकर्तालाई पनि सोहीअनुसार लगानीका लागि प्रेरित गर्न लागिएको बताउनुहुन्छ ।
कर्णाली नदी बेसिनमा निर्माण हुने आयोजना ऊर्जा, पर्यटन, मत्स्यपालन, जलविहारलगायत फरक–फरक सम्भाव्यता र आर्थिक उपार्जनको साझा थलोका रुपमा विकास गर्ने तयारीमा सरकार लागेको मन्त्री शाहीको कथन छ ।

कुनै आयोजना नबनेकाले गुरूयोजना तयार गरी एउटै लगानीकर्तालाई बहुउदेश्य परियोजना निर्माण गर्न दिने तयारी भइरहेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
जल तथा ऊर्जा आयोगले पछिल्लो दिनमा जलविद्युत् आयोजनाको सम्भाव्यताका बारेमा अध्ययन गरिरहेको र कति क्षमता लगानीका लागि सम्भाव्य हो भन्ने प्रष्ट हुने सरकारको बुझाइ छ । सम्भाव्यता प्रष्ट भएपछि लगानीका विभिन्न मोडलबारे समेत परामर्श गरिनेछ ।

मन्त्री शाहीका अनुसार कर्णाली बेसिनलाई जलविद्युत् पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजनाको सामान्य अध्ययन शुरु भइसकेको छ । गत साता मन्त्री शाहीको नेतृत्वमा कर्णाली पुगेको ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले उक्त नदी बेसिनको स्थलगत अवलोकन गरेको थियो ।

कर्णाली बेसिन जलविद्युत्, वातावरण, सिँचाइ, कृषि, पशुपालन, जडीबुटी उत्पादनलगायत क्षेत्रको विकास हुनेगरी एउटै लगानीकर्तालाई दिएर पर्यटकीयस्थलका रूपमा विकास गर्ने मन्त्रालयले लक्ष्य राखेको छ ।

कर्णाली नदीको मुहानमा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानसरोबरसमेत पर्ने भएकाले पर्यटन मार्गका रुपमा पनि विकास गर्न सकिने भएकाले त्यसलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ भदौ १८ आइतवार ०३:०० मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...