back

आयोजनाका प्रभावितद्धारा तत्काल मुआब्जा वितरण गर्न माग

वि.सं.२०७४ भदौ १८ आइतवार

318 

shares
NTC AD
Global IME AD

budhigandaki

१८ भदौ काठमाडौँ । गत असारदेखि बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा नपाएको भन्दै गुनासो गरेका छन् ।

मुआब्जा पनि नपाएको र आयोजनाको सबै काम रोकिएको भन्दै प्रभावितले शनिबार माइतीघर मण्डलामा विरोध गरेका हुन् ।

प्रभावित क्षेत्रका बासिन्दाले रोकिएको मुआब्जा वितरण तत्काल शुरु गर्नुपर्ने, बजार क्षेत्रको मुआब्जा निर्धारण गर्नुपर्ने, घर गोठ र बोटबिरुवाको लगत संकलन गर्नुपर्नेलगायत माग राखेका छन् ।

सरकारले धादिङ र गोरखाका तत्कालीन २७ गाविसको मुआब्जा निर्धारण गरे पनि आरुघाट, खहरे बजारलगायतका स्थानको मुआब्जा निर्धारण गरेको छैन ।

स्थानीय प्रभावितले आयोजनाको नाममा राजनीति नगर्न, तत्काल निर्माण शुरु गर्नसमेत माग राख्दै प्रदर्शन गरेको बूढीगण्डकी आयोजना सरोकार समितिका अध्यक्ष हरेराम ढकालले जानकारी दिनुभयो ।

आयोजनाको डुबान क्षेत्रका भूकम्पपीडितले हालसम्म अनुदानसमेत पाएका छैनन् । बूढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास र पुनःस्थापना इकाइले मुआब्जा वितरण गर्न सकेको छैन ।

सरकारले आयोजना निर्माणका लागि भन्दै चिनियाँ कम्पनीसँग समझदारी गरेको छ । चिनियाँ कम्पनीसँग समझदारी भएपछि मुआब्जा वितरणलगायतका कार्य प्रभावित भएको छ । पुनर्वास तथा पुनःस्थापना इकाइले आफूमा आर्थिक अधिकार नभएको भन्दै मुआब्जा वितरण नगरेको स्थानीयको आरोप छ ।

बूढीगण्डकी सरोकार समिति आरुघाट विशालनगरका अध्यक्ष दिनेश ढकालले डुबान क्षेत्रका अन्य जग्गाको मुआब्जा तोकिए पनि बजार क्षेत्रको नतोकेर अन्योलमा राखिएको बताउनुभयो ।

वि.सं.२०७४ भदौ १८ आइतवार ०३:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...