Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए जर्मनीको निर्वाचन प्रक्रियामा खड्काको आपत्ति



shikhar-khadka

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलन नजिकँदै गर्दा विभिन्न देशमा गठन भएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले धमाधम अधिवेशन र साधारणसभा गरी नयाँ कार्यसमिति चयन गरेका छन् । नयाँ कार्यसमिति चयनका विषयलाई लिएर आपत्ति जनाएका समाचारहरु पनि बाहिर आएका छन् यसैक्रममा एनआरएनए जर्मनीको निर्वाचन प्रक्रियाका विषयमा नेपाली जनसम्पर्क समितिका सभापति शिखर खड्काले प्रेस वक्तव्य जारी गर्दै आपत्ति प्रकट गरेका छन् । खड्काले निर्वाचन प्रक्रियाका सबै विधि र विधान मिचेको आरोप लगाइएका छन् । यक्ष प्रश्न त यो छ की प्रमुख निर्बाचन आयुक्तमा नेपाली जनसम्पर्क समिती युरोपको सभापती दिलबहादुर गुरुङ रहेका छन् ।

यस्तो छ, खड्काद्वारा जारी विज्ञप्ती
एनआरएनए जर्मनीको आसन्न निर्वाचनको सम्बन्धको बारेमा नेपाली जनसम्पर्क समिति जर्मनीको गम्भीर ध्यानाकर्षण भएको छ। प्रजातान्त्रिक पद्धतिमा गरिने संसारका सबै निर्वाचन प्रक्रियाहरु करिव एकै किसिमका हुन्छन। सब भन्दा पहिला मतदाताको नामावली प्रकाशन त्यस पछि मतदाताको नाम छुटफुट र दाबीविरोध गर्ने समय निर्धारणको समय सकिए पछि मात्र उम्मेद्वारको उम्मेद्वारीको मनोनयन पत्र लिने चलन प्रचलन र बिधि बिधान रहेको हुन्छ। तर एनआरएनए जर्मनीमा त्येस्तो भएन निर्बाचन आयोगले मतदाताको सदस्यता र उम्मेद्वारीको आबेदनको मिति एकै पटक समाप्त भएको घोषणा गरियो। जो बिधिबिधान र निर्वाचन प्रक्रिया भन्दा बाहिर र अप्रजातान्त्रिक तवरले हचुवाको भरमा अगाडी बढाउनु दुर्भ्याग्यपूर्ण भएको देखियो। निर्वाचन आयोगको कुनै पनि कार्यतालिका र कार्य योजनालाई प्रक्रिया नपुराई अगाडी घिसटेको देखिदा सबैलाई आश्चर्य मान्नु पर्ने भएको छ। निर्वाचन आयोगले गरेको यो चरित्रामत्क कार्यले सम्पूर्ण जर्मनी बासी नेपालीहरुलाई अन्योलमा राखिएको छ।

आज सम्म के कति पन्जिकृत सदस्यहरु एनआरएनए जर्मनीमा दर्ता भए भन्ने अझै जानकारीबाट बन्चित राख्नु पक्कै पनि न्याय संगत होईन होला। यस्तो गुमराहमा राख्दै निर्वाचन आयोगले गर्ने निर्वाचन स्वच्छ र निपक्ष्यको दिशा तिर जानु पर्नेमा समहतीको रटानमा निर्बाचन आयोग आफ्नो उम्मेद्वारको नाममा सहमति भए हुन्छ नत्र केहि हुदैन भन्नु करिब १३०० पंजीकृत सदस्यको नेतृत्वको भविष्यमा खेलवाड गरेको देखियो। कुन कुन पदमा को को उम्मेद्बारी परेको छ भन्ने कुरा उम्मेद्वारले सार्वजनिक गर्ने होकीरु यो गम्मीर प्रश्नको उत्तर निर्वाचन आयोगसित जर्मनी निवासी नेपालीहरुले खोजी रहेकाछन। एनआरएनए को परिभाषा अनुसार एनआरएनहरुको हितको लागि हक र अधिकारको आवाज उठाउन स्थापना भएको एनआरएनए जर्मनीले सुचानाको हक र अधिकारबाट जर्मनी निवासी नेपालीहरुलाई बन्चित गरिएको देखिन्छ। अर्कोतिर उम्मेद्वारले निर्बाचन आयोगको हवाला दिदै केहि उमेदवारहरुलाई निर्बिरोध निर्बाचित भएको भन्ने खालका समाचार सामाजिक संजालमा आउनु कस्तो दुखको कुरा हो यस अबस्थामा झन झन अन्योल को स्थिती सृजना भई रहेको संकेत गर्दैछ। यस्तो अबस्थामामा पनि किन निर्वाचन आयोग मौन छ रु यस्तो अति संबेदनशिल गम्भीर अबस्थामा हामी सम्पूर्ण जर्मनी निवासी नेपालीहरु निर्वाचन आयोगको साथ सहयोग र समर्थनमा रहदा पनि निर्वाचन आयोगले आफ्ना आधिकारिक धारण जर्मनी बासी नेपालीहरु लाई तुरुन्त सार्वजानिक गरी जानाकारी गराउन जोडदार माग गर्दछौ।

यदि निर्वाचन आयोगकले स्वच्छ, निपक्ष्य,धाधली रहित निर्वाचन गर्न सक्दै भने आयोगबाट राजीनामा गरी मार्गप्रशस्त गर्दा अर्को योग्य निर्वाचन आयोगले निर्वाचन समय मै गराउन सक्ने छ।

निर्वाचनको संघारमा सस्तो लोकप्रियता कमाउन स्रोत नभएको आधारहिन भ्रमात्मक समाचारहरु लेख्न लागाउने र लेख्ने यस्ता खाले समाचारको बारेमा नेपाली जनसम्पर्क समिति जर्मनी ठुलो खेद प्रकट गर्दछ। पत्रकारिताको धर्म र मर्मलाई आत्मसाथ गर्दछौ। आगामी दिनहरुमा आउने स्रोत नखुलेका र आधारहीन समाचारले नेपाली समाजलाई विखण्डित गर्ने भएकोले सबैलाई सावधान हुन हार्दिक अनुरोध गर्दछौ।
अन्त्यमा,
एनआरएनए जर्मनीको निर्वाचन आयोगलाई स्वच्छ निपक्ष्य धाधली रहित निर्वाचन गराउने सर्तमा नेपाली जनसम्पर्क समिति जर्मनीको सधै साथ सहयोग र पूर्ण समर्थन छ। चुनावी मैदानमा रहेका सम्पूर्ण उम्मेद्वारहरुलाई हार्दिक शुभकामना ज्ञापन गर्दछौ। धन्यबाद
शिखर खड्का
सभापति नेपाली जनसम्पर्क समिति जर्मनी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा