१८ भदौ, काठमाडौँ । कालोधन र हुण्डीको कारोवारलाइ निरुत्साहित गर्न राष्ट्र वैङ्कले जारी गरेको निर्देशिका प्रभावकारी वन्दै गएको छ । भौतिक रकमको कारोवार सिमालाइ अझै घटाउनु पर्नेमा वैँकरहरुले जोड दिएका छन् । यसैबीच कालोधन नियमनमा राष्ट्रवैँकको निर्देशनलाइ पालना नगर्ने ३ वटा वाणिज्य वैँकलाइ राष्ट्र वैँकले कार्वाही गरेको छ ।
हुण्डी मार्फत हुने कालो धनको कारोवारलाइ निरुत्साहित गर्न दैनिक १० लाख रुपैयाँ भन्दा कम मात्र नगद झिक्न पाउने व्यवस्थालाइ विस्तारै थप कडा वनाउनु पर्ने पक्षमा वैकरहरु देखिएका छन् ।
आफ्नो खातावाट दैनिक बढिमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँसम्म निकाल्न पाउने सिमालाइ विस्तारै घटाउदै ५ लाख सम्म झार्नु पर्ने उनीहरुको भनाइ छ ।
खातामा भएको आफ्नै पैसा निकाल्न नपाउदा समस्या भएको भनी सर्वसाधरणले गुनासो गरिरहेको वेला वैकरहरुले भने चेक वा प्लास्टिक मनिको कारोवारमा जोड दिन आग्रह गरेका छन् ।
पैसाकै मात्र लेनदेन गर्ने रेमिटेन्स कंपनीहरुलाइ भुक्तानीको लागि समस्या भए भोलिपल्ट पुनह वैकिङ् च्यानलमा फिर्ता हुने ग्यारेन्टि सहितको निवेदन दिए वैकले दश लाख भन्दा बढि पनि भुक्तानी दिन सक्ने उहाँहरुको भनाइ छ ।
राष्ट्र वैकले जारी गरेको निर्देशिका २३ को बुँदा नम्बर २४ को अधिनमा रही पारदर्शी कारोवारका लागि थप भुक्तानीका लागि रोकतोक नभएको वैकरहरुले वताएका छन् ।
आफ्नो वैक खातावाट निकाल्न पाउने पैसाको सिमाले अहिले अनौपचारीक कारोवार बढेको र त्यसले तरलतामा केही असर भने परेको उनीहरुको भनाइ छ ।
जसले गर्दा वित्तिय पहुँच र साक्षरतामा सुधार गर्न नियामक निकायले भूमीका निर्वाह गर्नु पर्नेमा वैकरहरुले राष्ट्र वैकलाइ सुझाउ दिएका छन् ।
प्रत्येक स्थानीय तहमा शाखा खोल्न तयार भएपनि सुरक्षा, विजुली, पक्कीघर र इन्टरनेटको अभावले गर्दा समस्या भएकोले त्यसको व्यवस्था गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् ।