Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

वार्सिलोनासँगको सम्झौता नवीकरण नगर्ने मनशायमाा मेस्सी



messi

१८ भदौ । अर्जेन्टिना तथा वार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले वार्सिलोनासँगको सम्झौता नवीकरण नगर्ने मनशाय व्यक्त गरेका छन् । स्पेनिश रेडियो स्टेसन ईस्टाडियोका अनुसार मेस्सीले वार्सिलोनासँगको सम्झौता नवीकरण नगर्ने मनशायमा पुगेका हुन् ।

वार्सिलोना बोर्डले नेयमारलाई पिएसजी जान रोक्न पर्याप्त कदम नचालेको भन्दै असन्तुष्ट मेस्सीले अर्को सिजन वार्सिलोना छाड्ने मनशाय व्यक्त गरेका हुन् । मेस्सीले वार्सिलोनासँगको सम्झौता थप नगरेको खण्डमा मेस्सी अर्को सिजन बार्सिलोना छाडेर फ्रि एजेन्टको रुपमा वार्सिलोना छाड्ने छन् । स्रोतका अनुसार मेस्सीले वार्सिलोनासँगको सम्झौता थप नगरी अर्को सिजन इङलिश क्लब म्यान्चेष्टर सिटी आवद्ध हुने मनशाय व्यक्त गरेका छन् ।

स्रोतका अनुसार मेस्सी पुर्व प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा पुनः खेल्ने चाहना व्यक्त गरेका छन् । अघिल्लो महिना वार्सिलोना सँगको सम्झौता थप गर्न तयार भएको भएतापनि क्लबको पछल्लो गतिविधीको कारण असन्तुष्ट मेस्सीले वार्सा छाड्ने तयारी गरेका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी