
१८ भदौ, युएई । महामृत्युञ्जय शिवासन सेवा समिति युएईले शिवासन नेपालले आगामी महाशिवरात्रीको शुभअबसर पारी आयोजना गर्ने भनिएको शिवपुराण महायज्ञ प्रचारप्रसार तथा शिवासन सेवासमितीको विभिन्न तहमा रहि यस समितिलाई सहयोग गर्नुहुने सहयोगी समाजसेवी बुध्दिजीवीलाइ सम्मान कार्यक्रम दुवईको अरव उड्पी रेष्टुरेन्ट हलमा सुसम्मपन्न गरेको छ।
समिति अध्यक्ष श्री धनबहादुर क्षेत्रीको अध्यक्षतामा सुसम्पन्न गरिएको यस् कार्यक्रममा लुम्बिनी वेलफर सोसाइटीका अध्यक्ष श्री गितामणी पाण्डेयले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो , विभिन्न समाजका अध्यक्ष सल्लाहकार समाजसेवी बुध्दिजीवी गरि लगभग सयजना जतिको उपस्थिति रहेको यस कार्यक्रम महासचिव डिल्लीराज भट्टराईले स्वागत गर्नु भएको थियो भने सीता बस्याल तथा माया बस्यालले खादा पहिनाई सुशोभित गराउनुभएको थियो ।
संछिप्त जानकारी गराउदै विष्णुप्रसाद बस्यालले सफलताको शुभकामना ब्याक्त गर्नुभएको थियो ।
कार्यक्रम खुम प्रसाद न्यौपानेले संचालन गर्नुभयो भने मन्दिरको प्रतिष्ठापन भावी गुरूयोजना तत्कालै गरिने काम र आगामी महाशिवरात्रीमा गर्न गैरहेको शिवपुराण तथा लक्ष सम्वन्धी सम्पूर्ण जानकारी प्रवक्ता माधव प्रसाद गैरेले गराउनु भएको थियो ।
वरूण खनाल , खुमबहादुर आलेमगर , कैलाश अर्याल ,कमल गौतम ,बेदप्रसाद अर्याल ले शुभकामना मनतब्य दिनुभएको थियोे नेपाल बाट युएई सम्म घुम्ने तथा सम्पूर्ण प्रवासी दाजुभाइ दिदीबहिनी को हालखबर बुझ्ने अभिप्राय ले उपस्थित पत्रकार संगिता भट्टराईले मन्दिरमा आफुले सबै कार्य सुसम्पन्न गरेको सिडि वनाएर विभिन्न देशमा पठाएको तथा सबैलाई यसकार्यमा हातेमालो गर्न अनुरोध गर्नुभएको थियो ।
पाल्पाली समाज उपाध्यक्ष तथा महिला प्रमुख ओमकुमारी खाणले आफ्नो मनतब्यका बिचमा सुरिलो स्वर सहित गजल बाचन गर्नुभयो भने समितिको निर्णय अनुसारशिवपुराण महायज्ञमामा आयोजक वनाउन नेपाल समितिले तोकिएको ११०० रूपया बुझाई आयोजक बन्ने अभियानमा प्रमुख अतिथि तथा भगवती भट्टराईले साथै सल्लाहकार वरूण खनाल ,अनुरोध सहित हातेमालो गर्नुभएको थियोे ।
कार्यक्रम प्रमुख अतिथि पाण्डेयले आयोजक सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रम ले धर्म र धर्मसम्वन्धी ज्ञान विश्व भर फैलाउन सहयोग हुने र आफु हरेक पटक यस्ता कार्यक्रमलाई सहयोग गर्दै आएको तथा सहयोग र सहभागीता जनाउने प्रतिबध्ता जनाउनु भएको थियो ।
कार्यक्रममा सल्लाहकार सहयोगीहरू कमल गौतम राजु बस्याल , राम प्रसाद बस्याल , रमेश सापकोटा , कैलाश अर्याल , वेद प्रसाद अर्याल , गितामणी पाण्डेय, युवराज भट्टराई ,बरूण खनाल , विष्णुप्रसादखनाल समेतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियोे । समापन मनतब्य दिदै अध्यक्ष क्षेत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।