back

राप्रपा क्षेत्रीय भेलाको मिति तय

वि.सं.२०७४ भदौ १८ आइतवार

591 

shares

१८ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रीय निर्वाचानको तयारीका विषयमा छलफल गर्न यही भदौ २२ र २३ गते काठमाडौँमा क्षेत्रीय भेला गर्ने भएको छ ।

तत्कालीन मध्यमाञ्चल क्षेत्रमा पर्ने गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष भ्रातृ संगठनका अध्यक्ष सहभागी हुने भेलामा प्रदेश तथा केन्द्रीय चुनावमा पार्टीले अधितम स्थानमा सफलता प्राप्त गर्न आवश्यक रणनीति तयार गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टी विभाजनपछि संगठनको पुनःसंरचना तथा सुदृढीकरणका लागि निष्ठावान् नेतालाई आवश्यक जिम्मेवारी दिइने विषयमा छलफल केन्द्रित गरिने छ । विभिन्न तहका पार्टी नेताले मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे शीर्ष नेतृत्वबाट प्रशिक्षणसमेत दिइनेछ ।

उक्त भेलामा सहभागी हुने करिब ३०० प्रतिनिधिले त्यहाँ प्राप्त गर्ने प्रशिक्षणका आधारमा जनताको सेवालाई केन्द्रमा राखेर सम्बन्धित भूगोलमा गई संगठन सुदृढीकरण तथा चुनावी प्रचार प्रसार गर्नेछन् ।

यस किसिमको कार्यक्रम मध्यपश्चिमाञ्चलको नेपालगन्ज र सुदूर पश्चिमाञ्चलको महेन्द्रनगरमा सम्पन्न भइसकेको छ । पूर्वाञ्चलको झापामा यही भदौ २० र २१ तथा मध्यपश्चिमाञ्चलको पोखरामा यही भदौ २४ र २५ गते भेला गरिने छ । रासस

वि.सं.२०७४ भदौ १८ आइतवार १५:३५ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...