back

राप्रपा क्षेत्रीय भेलाको मिति तय

वि.सं.२०७४ भदौ १८ आइतवार

357 

shares
GLOBAL IME AD
NTC AD

१८ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रीय निर्वाचानको तयारीका विषयमा छलफल गर्न यही भदौ २२ र २३ गते काठमाडौँमा क्षेत्रीय भेला गर्ने भएको छ ।

तत्कालीन मध्यमाञ्चल क्षेत्रमा पर्ने गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष भ्रातृ संगठनका अध्यक्ष सहभागी हुने भेलामा प्रदेश तथा केन्द्रीय चुनावमा पार्टीले अधितम स्थानमा सफलता प्राप्त गर्न आवश्यक रणनीति तयार गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टी विभाजनपछि संगठनको पुनःसंरचना तथा सुदृढीकरणका लागि निष्ठावान् नेतालाई आवश्यक जिम्मेवारी दिइने विषयमा छलफल केन्द्रित गरिने छ । विभिन्न तहका पार्टी नेताले मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे शीर्ष नेतृत्वबाट प्रशिक्षणसमेत दिइनेछ ।

उक्त भेलामा सहभागी हुने करिब ३०० प्रतिनिधिले त्यहाँ प्राप्त गर्ने प्रशिक्षणका आधारमा जनताको सेवालाई केन्द्रमा राखेर सम्बन्धित भूगोलमा गई संगठन सुदृढीकरण तथा चुनावी प्रचार प्रसार गर्नेछन् ।

यस किसिमको कार्यक्रम मध्यपश्चिमाञ्चलको नेपालगन्ज र सुदूर पश्चिमाञ्चलको महेन्द्रनगरमा सम्पन्न भइसकेको छ । पूर्वाञ्चलको झापामा यही भदौ २० र २१ तथा मध्यपश्चिमाञ्चलको पोखरामा यही भदौ २४ र २५ गते भेला गरिने छ । रासस

वि.सं.२०७४ भदौ १८ आइतवार १५:३५ मा प्रकाशित

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...