
महेन्द्रप्रसाद पोखरेल एमपि । पोखरामा जन्मिएकी प्रमिलाश्री खनाल बहुप्रतिभासाली कलाकार हुन भन्दा अतियुक्ती नहोला । उनि फोल्क नृत्य, सेमी क्लासिकका साथ साथै बेली डान्स पनि गर्छिन् । आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’ बाट अभिनय सुरुवात गरेकी खनाल वडा नं ६ अनि छक्का पन्जा पनि आफ्नो अभिनय गरेकी छन । स्क्रिन भन्दा स्टेज मन पराउने प्रमिलाले थुप्रै कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन ।
भर्खर मात्र कतारमा सम्पन्न रमाईलो तिज कार्यक्रममा नेपालबाट प्रस्तुती दिन कतार आएकी खनालको प्रस्तुती धमाकेदार रह्यो भने उन्को प्रस्तुती एकै छिनमा फेशबुक लाईभ हुदै युट्युब र संसारभर छरिए । कतारमै रहँदा उन्ले ईद अल अदाको अबसरमा कतार सरकारबाट नेपाली समाजको लागी गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा गरिएको कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिन भ्याईन ।
उन्ले नेपाली कलाजगतमा आफ्नो बिभिन्न प्रस्तुतीहरुबाट आफ्नो सफल परिचय बनाईसकेकी छन नेपाली चलचित्र संरक्षणको किसोरीलाल बोलको गितमा आफ्नो नृत्य देखाएकी खनालले चलचित्र दबाबमा मेरो पावरफुल जवानी बोलको गितमा नृत्य गरिन । मलाई पुगेन पुगेन यो बैँसले भन्ने गित आम जनजिब्रोमा अझै झुण्डिईरहेको छ उक्त गितमा खनालले नृत्य गरेकी छन भने आलोकश्रीको म रुँदा तिमी रोयौ अनि मैले रुनै छाँडे काँडा बिझ्यो भन्यौ तिम्ले मैले फुल छुनै छाडेँ भन्ने बोलको गितमा पनि खनालको अभिनय रहेको छ ।
कालीप्रसाल बास्कोटाको आगामी म्युजिक भिडियो कहिले फोटो सिरानीमा कहिले गोजिमा बोलको गितमा अभिनय, नृत्य रहने समेत उन्ले बताईन । उक्त गितमा सर्मीला बर्देवा र काली प्रसाद बास्कोटाको स्वर रहेको छ ।