Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा ज्ञवाली



१९ भदौ, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संघको भदौ १६–१७ गते भएको नवौँ राष्ट्रिय सम्मेलनले वरिष्ठ उपाध्यक्षमा डा सवरी साह, महिला उपाध्यक्षमा डा काशी खतिवडा, महासचिवमा डा मनोजकुमार चौधरी, सचिवमा डा नरेन्द्र गिरी, कोषाध्यक्षमा डा बुद्धि पौडेल चयन हुनुभएको छ ।

प्रदेश उपाध्यक्षअन्तर्गत प्रदेश १ मा डा सुरज कर्माचार्य, प्रदेश २ मा विनोद यादव, प्रदेश ३ मा डा बैकुण्ठ सुवेदी, प्रदेश ४ मा डा संजित सापकोटा, प्रदेश ५ मा डा सन्तोष शर्मा, प्रदेश ६ मा डा भक्तबहादुर केसी र प्रदेश ७ मा डा खगेन्द्रबहादुर बम चयन भएको वरिष्ठ उपाध्यक्ष डा सवरी साहले जानकारी दिनुभयो ।

सम्मलेनले सदस्यमा डा विजयकुमार सिंह, डा सरोजप्रसाद विशाल, डा राजिव घिमिरे, डा लोकेश कर्ण, डा शिवनारायण गुप्ता, डा नदन कँडेल, डा नारायण पाण्डे, डा सिर्जना श्रेष्ठ, डा मंगलकान्त झा र डा केनीन राईलाई छनौट गरेको छ । देशभरीबाट २१० चिकित्सकले मतदान गरी नयाँ कार्यसमिति चयन गरेका हुन् ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा