Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

मतदान अधिकृत स्थानीय तहमा खटिए



१९ भदौ, जनकपुरधाम । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत स्थानीय तहमा खटिइसकेको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा जिल्लामा स्थानीय तहअन्तर्गत जनकपुर उपमहानगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, जनकनन्दिनी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, विदेह नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार तीन लाख ८९ हजार ३९१ मतदाता भएको यस जिल्लाको स्थानीय तहका लागि ३८५ मतदानस्थल र ६३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

सोअन्तर्गत जनकपुर उपमहानगरपालिकाको २५ वडामा ७५ हजार ५९४ मतदाताका लागि ५८ मतदानस्थल र १०१ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनबाट जिल्लाको स्थानीय तहमा ९२९ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।

जनकपुर उपमहानगरपालिकाको मतगणना महेन्द्रनारायण सांस्कृतिक केन्द्रमा र अन्य स्थानीय तहको मतगणना स्थानीय सुविधाअनुसार व्यवस्था गरिएको छ । जनकपुर उपमहानगरपालिकाको मतगणना स्थलमा सिसीटिभी जडानको व्यवस्था गरिने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा