Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

दाङ देउखुरी समाज कतारद्धारा धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग



hastantaran

कुमार “अविरल” पन्थी, कतार । समाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको दाङ देउखुरी सेवा समाजको मातहतमा रहेको सास्कृतिक विभागद्वारा गत १८ अगस्त तारिखका दिन सम्पन्न तिज विशेष कार्यक्रमबाट सङ्कलित रकम धुर्मुस सुन्तलि फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको (नमुना नेपाल)काे सहयोगार्थ हस्तान्तरण गरेको छ ।
रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कतारको भ्रमणमा आएका धुर्मुस सुन्तलि सिताराम कटेल तथा कुन्जना घिमिरेलाई प्रत्यक्ष भेटघाट गरी १ लाख ५३ हजार रुपियाँ रकम हस्तान्तरण गरेको हो ।

सभापतित्व रहेको कार्यक्रममा सिताराम कटेल कुन्जना घिमिरे बिशेष अतिथि रहेका थिए । त्यसैगरी अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार सुर्य सुबेदी वरिष्ठ सल्लाहकार लुमाकान्त पुन सास्कृतिक संयोजक केशव बुढा व्यवसायी प्रकाश कोइराला प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेत रहेका थिए ।

संस्थाका उपाध्यक्ष हेम बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरु प्रमुख सल्लाहकार सुर्य सुबेदी संस्थाले गरेका गतिविधिहरुबारे जानकारी गराएका थिए । संस्थाका अध्यक्ष बसन्त राज पुरीले सितारम कटेल कुन्जना घिमिरे दुबै जनालाई सम्मान-पत्र र खादा ओढाएर सम्मान गर्दै नमुना बस्ती निर्माणका लागि सहयोगार्थ संकलति रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिताराम कटेलले धुर्मुस सुन्तली फाउन्डेसनले गरेका कार्य, निर्माण गरेका बस्ती, समाजिक गतिविधि, देशमा भएका परिस्थिति, महिला दिदि बहिनीहरु लगायत दाजुभाइ विदेशिनु परेको बाध्यता लगायतका कुरा बोलेका थिए ।

दाङ देउखुरी सेवा समाजले गरेको सामाजिक कामको प्रसंशा गर्दै आफुले पाएको सम्मानले समाज प्रतिको दायित्वमा झन उर्जा थपिएको र दाङसग हाम्रो भावनात्मक मात्रै नभएर आत्मीय सम्बन्ध रहेको बताए । धुर्मुस सुन्तली फाउन्डेसनमा दाङकै लेखन्त भुसाल सदस्य रहेको पनि जानकारी गराउदै धुर्मुसले मेरी श्रीमति पनि आठ महिनकी सुत्केरी छिन र हामी दुवै जना सामाजिक क्षेत्रमा सक्रिय रहेर लागि परेको भनि बोल्दै गर्दा उपस्थित सबैजना भावुक भएका थिए भने महिला दिदिबहिनीहरुको आँखामा आसु देखिएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै सुन्तली कुन्जना घिमिरेले नारी पुरुष रथका दुइ पाङ्ग्रा भने जस्तै हामी पनि पुरुष बराबर गर्न सक्छौ भन्ने उदेश्यका साथ हरेक महिलाहरुलाई समाजमा भएका अन्याय अत्याचार समाज परिवर्तनका निमित्त हरेक तहमा बसेर काम गर्नु पर्ने र अगाडि बढ्नु पर्ने बताउदै सहयोग भनेको कहिल्यै मुल्य तुलना गर्न मिल्दैन आफ्नो सक्दो खुशी मनले आत्मा देखी गर्नुहोस् एक रुपैयाँ गर्नुहोस् सहयोग हो सन्तुष्टि मिल्नेछ भन्दै सम्मानको लागी दाङ देउखुरी समाजको सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

त्यसैगरी समाजसेवी प्रकाश कोइरालाले बोल्दै सहयोग भनेको ठुलो सानो कहिले न हुने मैले धेरै पैसा कमाएर चाहेको सबै पुरा भए युरोप तिर बालबच्चा पढाउदै छु । तर समाज सेवा भनेको आत्मा सन्तुष्टि मिल्ने भन्दै दाङ देउखुरीले गरेको सहयोगको खुलेर चर्चा गरे ।सम्मान कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, सास्कृतिक बिभागका कलाकार, दङगाली, गैर दङ्गाली शुभ चिन्तकको उल्लेख्य उपस्तिथि रहेको थियो ।

कार्यक्रम अन्तमा बोल्दै अध्यक्ष पुरीले धुर्मुस सुन्तलीको अभियानलाई सफल तुल्याउन आहोरात्र खट्नु हुने सास्कृतिक बिभागका सम्पुर्ण टिम कलाकारहरु लागायत कार्यसमिति सदस्य, सहयोग प्रदान गर्नुहुने सम्पुर्ण दाङ जिल्लाबासी दाजुभाइ तथा दिदिबहिनीहरु व्यावसायिक समाजसेवी लगायत अन्य जिल्ला बासि नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद व्यक्त गरे ।

आगामी दिनहरुमा पनि संस्थाले गर्ने हरेक समाजिक कार्यहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुनेछ भन्ने अपेक्षाका राख्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम महासचिव लिलाधर आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन