Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रद्वारा सिरहामा उम्मेदवार चयन



२०  भदौ, सिरहा  ।   तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह चुनावका लागि नेकपा माओवादी केन्द्रले सिरहाका अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ ।
सिरहामा १८ स्थानीय तह छन् । तीमध्ये १३ स्थानीय तहमा उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ ।
लहान नगरपालिकाकाको प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुखमा रिक्मा विश्वकर्मा, धनगढीमाई नगारपालिकाको प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुखमा फुलकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सदस्य तथा २ नं प्रदेश संयोजक विश्वनाथ साहले जानकारी दिनुभयो ।
यसैगरी मिर्चैया नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव, गोलबजार नगरपालिकाको प्रमुखमा देवनाथ साह र उपप्रमुखमा रेशम थापा, सिरहा नगरपालिकाको प्रमुखमा महेश यादव र उपप्रमुखमा रेखादेवी यादव, कर्जन्हा नगरपालिकाको प्रमुखमा गंगा पासवान तथा कल्याणपुर नगरपालिकाको प्रमुखमा प्रकाश महासेठलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताउनुभयो ।
उहाँका अनुसार सुखीपुर नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गर्ने विषयमा छलफल भइरहेकोले त्यहाँ पार्टीले उम्मेदवार चयन गरिएको छैन् ।
त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा बालेश्वर साह र उपाध्यक्षमा अनिता यादव, नवराजपुर गाउँपालिकाको अध्यक्षमा रामनारायण दास र उपाध्यक्षमा सोमतिदेवी यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा सत्यदेव यादव र उपाध्यक्षमा ललितादेवी यादव तथा अर्नमा गाउँपालिकाको अध्यक्षमा ठक्कु महतोलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताउनुभयो ।
त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र साह र उपाध्यक्षमा लीलादेवी परियार, नरहा गाउँपालिकाको अध्यक्षमा दुखमोचन यादव र उपाध्यक्षमा आशादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
सुखीपुर नगरपालिका तथा औरही, बरियारपट्टी र भगवानपुर गाउँपालिकामा अन्य दलहरुसँग तालमेलका सम्भावना रहेकाले सो स्थानहरुमा तालमेलको आधारमा उम्मेदवार तय गरिनेपनि संयोजक साहले बताउनुभयो ।
आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । जिल्लामा कुल २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचेतक विशाल भट्टराईले पार्टी केन्द्रीय सदस्यमा आफ्नो नाम नपरेपनि त्यसलाई

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी