Logo
१३ मंसिर २०७८, सोमबार
     Mon Nov 29 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपालीबाटै ठगिए नेपाली, ९ नेपाली कतारमा अलपत्र



alpatra-nepali-in-qatar
वैदेशिक रोजगारीका लागि कतार पुगेका ९ नेपाली कामदार नेपाली व्यवसायीबाटै ठगिएका छन् । नेपाली सञ्चालक रहेका ड्रिम वान कम्पनीमा काम गर्न एघार महिना अघि कतार पुगेका उनीहरु अहिलेसम्मको काम गरेको तलब नपाएपछि यतिबेला अलपत्र परेका छन् । काम गरुन्जेल खाना खान पाएका आफूहरुले काम गर्न छाडेपछि कम्पनीले खान समेत नदिएको गुनासो उनीहरुले गरेका छन् ।

काठमाडौं गौशालास्थित अलसोफी मेनपावर मेनपावरबाट कतार पुगेका उनीहरु ११ महिनासम्म काम गरेपनि तलब नपाए पछि सहयोगको गुहार माग्दै कतारमा कार्यरत मजदुर नेता बिबि खरालको सम्पर्कमा पुगेका छन् । खरालले आफ्नो सम्पर्कमा आएका पीडित नेपालीलाई दूतावासमा लगेर दूतावासमा कार्यरत श्रम बिभागकी गिरिजा शर्मासंग बार्तालाप गराएका छन् । वार्तार्लापमा खरालले पीडितहरुको उद्दार र ११ महिना सम्म को पारिश्रमिक दिलाउन आग्रह गरेका छन् ।

वार्तामा यहि सेप्टेम्बर ११ गते सम्म पारिश्रमिक दिने सहमती भएको नेता खरालले बताए । पारिश्रमिक दिने सहमति भएपनि आफूहरुलाई विश्वास नभएको मजदुरहरुले बताएको खराल बताउँछन् । घरमा आउँदा ब्याज बढेको र गरिबिका कारण घर फर्किन पनि नसकिने स्थिति रहेको पीडितहरुले गुनासो गरेको पनि उनले बताए ।
पीडित बन्न पुगेका नेपालीहरुमा सुप कारण महत्त्व सर्लाही श्रीनगर ९, जग्दिस राव मोहत्तरी ८, नागेश्वरी यादब सिराहा सिक्रोन ५, राजु शाह मोहत्तरी जलेश्वर २, अजय साह मोहत्तरी जलेश्वर ६, बिष्णु माहडा धनुषा तुलसियाही जग्दी ८, चेत्रु शाह मोहत्तरी सुन्दरपुर ४, नरेन्द्र बहादुर थापा दैलेख आठ बीस नगपा १, शंकर नेपाली कास्की महानगरपालिका रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचेतक विशाल भट्टराईले पार्टी केन्द्रीय सदस्यमा आफ्नो नाम नपरेपनि त्यसलाई

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी