back

दुई नम्बर प्रदेशमा चुनावी सरगर्मी, मतदाता फकाउदै दलहरु

वि.सं.२०७४ भदौ २० मंगलवार

222 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

election-field

२० भदौ, लहान । तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएकोे छ ।

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, राजपालगायत दल अहिले चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले सिरहाका लहान, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकासहित बरियारपट्टी, औरही गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको नाम टुंग्याउन सकेको छैन । उक्त दलका जिल्ला सभापति रामचन्द्र यादवले उम्मेदवार तय गर्न बाँकी रहेको स्थानीय तहमा छिट्टै उम्मेदवारको नाम टुंग्याउने बताउनुभयो ।

काँग्रेसले तय गरेका अन्य नगरपालिका र गाउँपालिकाका उम्मेदवारले घरदैलो र मतदातासँग भेटघाट व्यस्त छन् भने प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष तय गर्न बाँकी रहेको नगरपालिका र गाउँपालिकामा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले मुख्य पदका आकांक्षीसँगै घरदैलो र मतदातासँग भेटघाट गरिरहेका छन् ।

काँग्रेसले जिल्लाका मुख्य शहर तथा ग्रामीण भेगमा पार्टीको चुनाव चिह्नअंकित झण्डा र तुल राखेका छन् । एमालेको २ नं प्रदेश कमिटीले गत जेठ १४ गते जिल्लाका १७ वटै स्थानीय तहका उम्मेदवारको नाम टुंग्याएको थियो । एमालेका तर्फबाट सिरहाका स्थानीय तहमा तय भएका उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अहिले घरदैलो अभियानसँगै प्रचारप्रसारमा व्यस्त भएका छन् ।

एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिह्नअंकित झण्डा, ब्यानर छ्याप्छ्याप्ती बनाएको छ । माओवादीले पनि जिल्लाका केही स्थानीय तहबाहेक अधिकांशमा आफ्नो उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसारमा जुटेको छ । पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुसँगै नेता कार्यकर्ता जिल्लाभरि नै घरदैलो र जनतासँग भेटघाटमा व्यस्त रहेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले बताउनुभयो ।

माओवादी केन्द्रका उम्मेदवारले पनि जुलुससहित मतदाता भेटघाट, घरदैलो अभियानसंगै चुनावी सभालाई तीव्र बनाएका छन् । धनगढीमाई नगरपालिकामा प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी, उपप्रमुख उम्मेदवार फूलकुमारी तामाङसहित माओवादी नेता कार्यकर्ताको घरदैलो अभियानमा नगरका सबै वडामा पुगिसकेको माओवादी केन्द्र चुनाव प्रचारप्रचार समितिले जनाएको छ ।

माओवादी केन्द्रले मिर्चैया, कर्जन्हासहित अन्य नगरपालिका र गाउँपालिकामा अन्तिम चरणको घरदैलो र मतदाता भेटघाट अभियान चलाइरहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामकुमार यादवले बताउनुभयो ।

समाजवादी फोरमले पनि सबै स्थानीय तहका प्रमुख, उपप्रमुख पदमा उम्मेदवार तय गरेर प्रचारप्रसारलाई तीव्रता दिएको छ । पार्टीका तर्फबाट उम्मेदवार भएका व्यक्ति नारा जुलुससहित चुनावी तयारीमा जुटेको केन्द्रीय सदस्य सत्यनरायण यादवले जानकारी दिनुभयो ।

यस्तै नेपाल लोकतान्त्रिक फोरमले पनि स्थानीय तहमा आफ्नो पकड बनाउन घरदैलो र चुनावी अभियानलाई तीव्र गतिमा अगाडि बढाएको छ । पार्टीका पक्षमा वातावरण बनाउन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसले पार्टीको पक्षमा ठूलो वातावरण बनेको सो पार्टीका नेता कार्यकर्ताले बताएका छन् ।

राप्रपा र राजपा पनि प्रचारमा तेस्रो चरणको निर्वाचनमा पार्टीलाई स्थापित गराउन र आफ्नो पक्षमा चुनावी वातावरण बनाउन गाउँगाउँ पुग्न थालेका छन् । राप्रपाका तर्फबाट लहान नगरपालिकामा बहुदलीय व्यवस्था स्थापनापछिको स्थानीय निर्वाचनमा लहानमा प्रमुख जितेका लगनलाल चौधरीलाई यस पटक पनि नगरप्रमुख पदमा उठाउने तयारीका साथ प्रचारप्रसार भइरहेको छ ।

नवगठित राजपा पनि चुनाव प्रचार अभियानमा जुटेको छ । औपचारिक रुपमा उम्मेदवार तय गर्न नसकेको राजपाले पनि कार्यकर्तालाई चुनाव प्रचारमा खटाएको छ । कुल आठ नगरपालिका र नौ गाउँपालिका तहका १६४ वटा वडा रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सिरहामा ४२६ वटा मतदान केन्द्र र २२१ मतदानस्थल छन् ।

वि.सं.२०७४ भदौ २० मंगलवार ०७:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश...

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान...

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

दमौली (तनहुँ) । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट...

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवागढी नाकाबाट विदेशी मुद्रासहित एकजना पक्राउ

रसुवा । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु, एकजना घाइते

हेटौँडा । मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने...