back

साउदीमा ‘न्यु अन्नपूर्ण गोल्डकप २०१७’ सम्पन्न , पाइलटदेखि राजदूतसम्म सहभागी

वि.सं.२०७४ भदौ २१ बुधवार

108 

shares
NTC AD
Global IME AD


साउदी । इस्लाम धर्मवलम्वीहरुको प्रमुख पर्व बक्रा इदको अवसरमा न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबद्वारा आयोजित ‘न्यु अन्नपूर्ण गोल्डकप २०१७’ जुवेलको अलहवायत मैदानमा सेक्टेम्बर ३ देखिबाट शुरुभइ ५ सेप्टेम्बरमा सम्पन्न भएको छ ।
गत सेप्टेम्बर १ बाट संञ्चालनमा आएको दमाम – काठमान्डौ हिमाल एयरलाइन्सका पाइलट सुवास ढुंगाना , मेन्टिनेन्स इन्जिनियर सुवास थापा, कन्ट्री मेनेजर सुशील खनाल , जेनेरल सेल्स एजेन्ट सरद शर्मा लगायत साउदिको लागि नेपाली राजदुत महेन्द्र प्रसाद सिंह राजपुत , नियोग उपप्रमुख आनन्दराज शर्मा , साथै एनआरएनए साउदी अध्यक्ष नारायण पासवान ,एनआरएनए आइसिसि सदस्य जोन अर्याल , संघीय लिम्बुवान सामाजिक मञ्च दमाम साउदी अध्यक्ष मुस्कान माङ्लक लगायत विभिन्न समाजसेवी, बुद्धिजीवीहरुको संयुक्त हस्तबहुलीबाट सुरुवात भएको फुटबल प्रतियोगितामा २३ टिमले भाग लिएका थिए ।

हिमालयन एयरलाइन्स , हिमाल रेमिट बैंक , ग्लोबल आइएमइ , वर पिपल गेष्ट हाउस र न्यु अन्नपूर्ण रेष्टुरेन्ट साउदी खेल अवधिभरको स्पोन्सर र प्रमुख आकर्षक रहेका थिए भने व्यवसायी तथा एनआरएनए आइसिसी सदस्य जोन अर्यालको कम्पनी अलबदर ट्रेनिङ कम्पनी र स्थानीय साउदी सलिम मघलुथको सन्स अफ सलिम मघलुथ कम्पनी सह आयोजक रहेका थिए ।

annapurna3

 अन्नपूर्ण गोल्डकप उपाधी जित्न NBYC सफल ‘ न्यु अन्नपूर्ण गोल्डकप २०१७ ‘ फुटबल प्रतियोगिताको प्रथम उपाधी नेपाल ब्वाइज युथ क्लब ‘बि’ले फाइनलमा लालिगुरास सेन्दान क्लबसँग निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुट मार्फत २ को विरुद्ध ३ गोल गर्दै १ लाख १५ हजार ५ सय ५५ नगद पुरस्कार सहित मेडेल र प्रमाणपत्र हात पारेको हो ।

नेपाल ब्वाइज युथ क्लब ‘बि’ले १ को विरुद्ध ३ गोलले काबालानलाई हराउदै फाइनलमा प्रवेश गरेको थियो । उप बिजेता लालिगुरास सेन्दान ले ७७ हजार ७ सय ७७ नगद पुरुस्कार सहित मेडल र प्रमाणपत्र पाएको छ ।

annapurna1.png2annapurna1.png2सेप्टेम्बर ५ तारिक बिहान सम्पन्न खेल बिजेता – उप बिजेता टिम लगायत विभिन्न च्याम्पियनलाइ दूतावास पुर्वी स्थानीय प्रतिनिधि हरि घिमिरेको प्रमुख अथित्य ,एनआरएनए आइसिसी सदस्य जोन अर्याल र एनआरएनए साउदि अध्यक्ष नारायण पासवानको विशेष विशेष आतिथ्यताका साथै काभ्रे सेवा समाजका अध्यक्ष जेन लामा , प्रवासी नेपाली मञ्चका क्षेत्रीय संयोजक कमल खरेल , ग्लोबल आइएमइ बैंक प्रतिनिधि जीवन लुइँटेल , जन प्रगतिशील मञ्च क्षेत्रीय सल्लाहकार बिदुर पौडेल , बिबेकशिल साझा पार्टिका न्यायपालिका प्रमुख लेखु बिष्ट , नेपाली साझा मञ्च साउदी अध्यक्ष कृष्ण पुरीको आतिथ्यतामा पुरुस्कार प्रदान भएको थियो । यसपटक अघिल्लो वर्षमा भएको कमिकम्जोरीलाई सच्चाउदै खेल अनुशासित, मर्यादित र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबका अध्यक्ष श्री प्रसाद यवाले बताए ।

खेललाई भब्य बनाउन प्रतियोगितामा भाग लिने टिम र फुटबल प्रेमिहरुलाई धन्यवाद सहित आगामी दिनहरुमा पनि यसरिनै साथ दिन न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबका प्रचारप्रसार संयोजक अन्जनी अधिकारीले अपिल गरे ।

वि.सं.२०७४ भदौ २१ बुधवार ०१:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...