back

यस्तो छ माओवादी केन्द्र सप्तरीको उम्मेदवार नामावली

वि.सं.२०७४ भदौ २१ बुधवार

378 

shares
GLOBAL IME AD
NTC AD

२१ भदौ , राजविराज । आगामी तेस्रो चरणको असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारको नामावली सूची सार्वजनिक गरेका छन् ।

सप्तरीमा माओवादी केन्द्रको तर्फबाट राजविराज नगरपालिकाको प्रमुखमा अनिस अन्सारी, हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा राहुल मण्डल, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा करमलाल यादव, सुरुङ्गा नगरपालिकाको प्रमुखमा हरिनारायण चौधरीलाई चयन गरिएको छ ।

बोदेबर्साइन नगरपालिकाको प्रमुखमा दिलीप यादव, कञ्चनरुप नगरपालिकाको प्रमुखमा बन्सी चौधरी, खड्ग नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी, शम्भुनाथ नगरपालिकाको प्रमुखमा दानालाल चौधरी, सप्तकोशी नगरपालिकाको प्रमुखमा दिनक राईलाई चयन गरिएको बताइएको छ ।

यस्तै, अग्निसाइर कृष्णसवरण गाउँपालिकाको अध्यक्षमा बेचन चौधरी, महदेवा गाउँपालिकाको अध्यक्षमा तारणी तिवारी, तिरहुत गाउँपालिकाको अध्यक्षमा दिनेश यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा शिवनारायण यादव, बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा इब्राहिम मन्सुरी, छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा जयप्रकाश यादव, रुपनी गाउँपालिकाको अध्यक्षमा मुस्तकिम राइन, तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा मुनिलाल मुखिया र बलान विहुल गाउँपालिकाको अध्यक्षमा छत्रनारायण यादवलाई उम्मेदवार चयन गरिएको माओवादी केन्द्र, सप्तरीले जनाएको छ ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पनि सप्तरीको तिरहुत गाउँपालिकाको प्रमुखमा विजयकुमार यादव, उपप्रमुखमा रेखाकुमारी मेहता, बोदेबर्साइन नगरपालिकाको प्रमुखमा अमरेन्द्रप्रसाद यादव, उपप्रमुखमा रेणुकुमार साह, बलान बिहुल गाउँपालिकाको प्रमुखमा रामविलास यादव, उपप्रमुखमा विमलादेवी यादव, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा शिवनाथ साह, उपप्रमुखमा इन्दुदेवी यादवलाई चयन गरेको पार्टीका महासचिव मनिषकुमार सुमनले आज राससलाई जानकारी दिनुभयो ।

यस्तै, हनुमाननगर कंकालनी नगरपालिकाको प्रमुखमा शैलेशकुमार साह, उपप्रमुखमा सरितादेवी यादव, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा विमलादेवी यादव, उपप्रमुखमा उषाकुमारी मण्डल, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा मुसहरु यादवलाई चयन गरिएको छ भने उपप्रमुखको स्थान भने खाली नै राखिएको छ ।

विष्णुपुर गाउँपालिकाको प्रमुखमा मुनीलाल खंग, उपप्रमुखमा सुगियादेवी यादव, महदेवा गाउँपालिकाको प्रमुखमा सुनिलकुमार मण्डल, उपप्रमुखमा अर्चनाकुमारी यादव, राजविराज नगरपालिकाको प्रमुखमा शम्भु यादव, उपप्रमुखमा साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा सतिशकुमार सिंह, उप–प्रमुखमा सुचिता यादव, रूपनी गाउँपालिकाको प्रमुखमा हरेराम यादव, उपप्रमुखमा बेचनीदेवी सरदारलाई चयन गरिएको छ ।

त्यस्तै, राजपाले सुरुङ्गा नगरपालिकाको प्रमुखमा शंकरपÞ्रसाद चौधरी, उपप्रमुखमा उषा महतो, खड्ग नगरपालिकाको प्रमुखमा ननु चौधरी कलवार, उपप्रमुखमा पिंकीकुमारी साह, शम्भुनाथ नगरपालिकाको प्रमुखमा चन्द्रकान्त मण्डललाई चयन गरिएको छ भने उपप्रमुख खाली नै रहेको छ ।

यसैगरी, कञ्चनरूप नगरपालिकाको प्रमुखमा माधवप्रसाद चौधरी, उपप्रमुखमा मसिहा खातुनको नाम राष्ट्रिय जनता पार्टीले अन्तिम नामावलीमा समावेश गरेको बताइएको छ ।

वि.सं.२०७४ भदौ २१ बुधवार ०६:४२ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...