back

नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

वि.सं.२०७४ भदौ २१ बुधवार

525 

shares

mukta haliya

२१ भदौ , बाजुरा । अरुको हलो जोतेर खाने हलियालाई सरकारले मुक्त गरेको आज नौ वर्ष पुरा भएको छ ।

वि सं. २०६५ आजकै दिन सरकारले पाँचबँुदे सहमतिमा हलिया मुक्त गरेको थियो । हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि अझै हलियाले साहुको हलो जोत्दै आएका छन् ।

हलियाहरूले दैनिक छाक टार्न र बालबालिकालाई पालन पोषण गर्न अहिलेपनि हलिया बस्दै आएकोमा हलिया अधिकारकर्मीहरूले आपत्ति जनाउँदै आएका छन् । मुक्त हलिया दिवसको अवसरमा जिल्लाका हलिया अधिकारकर्मीले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाजुराका अध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो ।

संघका अध्यक्ष विश्वकर्मा, जिल्ला दलित सशक्तीकरण नेटवर्कका गोरख सार्कीको संयुक्त हस्ताक्षरित पत्रमा जिल्लामा हालसम्म एकहजार तीनसय मुक्त हलियामध्ये क वर्ग १४२, ख वर्गका २४६, ग वर्गका १५० जना र घ वर्गका ८२५ जना गरी एक हजार १८९ ले मात्र हलिया परिचय पत्र पाएको उल्लेख गरिएको छ ।

पत्रमा सरकारले २०७१ मा लगत प्रमाणीकरण गरेका २१६ जना हलियाले हालसम्म परिचयपत्र नपाएका उल्लेख छ । जिल्लामा हलिया प्रमाणीकरण हुन नपाउँदै जिल्ला मालपोत तथा मुक्त हलिया कार्यदलले परिचयपत्र विरतण रोकेकामा आपत्ति जनाउँदै सरकारले चित्त बुझ्दो जवाफ दिन माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा मुक्त हलिया पुर्नस्थापनाका लागि १० बुँदे माग गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा पुस्तौदेखि बसेको घर र उपभोग गर्दै आएको जग्गा हलियाको नाममा गराउनुपर्ने नभए उनीहरूको उठिबास लाग्ने अवस्था रहेको छ । सरकारले घर जग्गाका लागि रकम वृद्धि गर्नुपर्ने, स्पष्ट र सही वर्गीकरण नभएकाले वर्गीकरण सच्याउनुपर्ने, वास्तविक हलिया छुटेकाले छुट मुक्त हलियाको लागत लिनुपर्ने उल्लेख गरिएको छ ।

दार्चुलाका हलिया अझै मुक्त भएनन्

सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरे पनि दार्चुलाका मुक्त हलिया भने अझै पनि हलिया भएर बसेका छन् ।

जिल्लाका कुल प्रमाणीकरण भएका ४५५ मुक्त हलियामध्ये ४३१ जनाले मात्रै हालसम्म परिचयपत्र प्राप्त गरेका छन् भने तीमध्ये पनि २४ जना मुक्त हलिया सम्पर्कमा नआएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लामा छुट मुक्त हलिया दुई हजार ५०० को हाराहारीमा रहेको भए पनि उनीहरूको एकिन तथ्याङ्क संकलन नहुँदा संधै हलिया भएर बस्नुपर्ने बाध्यता छ ।

मुक्त हलियालाई सरकारले क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गरेको भए पनि दार्चुलाका दुई हजार ५०० मुक्त हलियाले भने हालसम्म पनि कुनै किसिमको परिचय पत्र नपाएको गुनासो गरेका छन् ।

आफूले परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए कुनै सुनवाइ नभएको मालिकार्जुन गाउँपालिका पस्तीका मुक्त हलिया तारा लुहारले बताउनुभयो । रासस

वि.सं.२०७४ भदौ २१ बुधवार १५:५३ मा प्रकाशित

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...