Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकल चालकको मृत्यु



२२ भदौ, उर्लाबारी, मोरङ  । मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२३६ नम्बरको निजी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको हो ।

गएराति मध्यरातमा भएको दुर्घटनामा गम्भीर घाइते लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–३ कै २१ वर्षीय रञ्जीत घले गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ ।

दुर्घटनामा भ्यानमा सवार महोत्तरी जलेश्वर नगरपालिका–२ का ५९ वर्षीय सुरेन्द्र प्रसाद पनि गम्भीर घाइते भएकाले उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

भ्यान र त्यसका चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.