back

 मंसिर सम्मका लागि रोकियो बिस्थापितलाई राहत वितरण

वि.सं.२०७४ भदौ २३ शुक्रवार

603 

shares
GLOBAL IME AD
NTC AD

 २३ भदौ, अछाम। आगामी मंसिरमा हुने संघीय र प्रदेश संसद्को चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अछाममा विस्थापित परिवारले पाउने राहत रकम रोक्का भएको छ । सबै कागजात संकलन गरी विस्थापितको खातामा पठाउन लागिएको राहत रकम आयोगले आचारसंहिता लगाएपछि मंसिरसम्मका लागि रोक्का गरेको हो । असार मसान्तमा अछामका १९१ जना मृतकका परिवार र विस्थापित भएका ५८० परिवारका तीन हजार २०० बढी व्यक्तिका लागि रु १२ करोड तीन लाख ५० हजार बजेट सरकारबाट प्राप्त भएको थियो ।

विस्थापित परिवार तथा व्यक्तिलाई राहत वितरण गर्नका लागि आवश्यक कागजात संकलन र अन्य प्रक्रियामा केही समय लागेका कारण राहत वितरण गर्न ढिलाइ भएको र उनीहरुको खातामा पठाउनै लाग्दा आचारसंहिता लागेका कारण रकम पठाउन नसकिएको स्थानीय शान्ति समिति अछामका सचिव अनिलकुमार विष्टले जानकारी दिनुभयो ।

विस्थापित भएका ५८० परिवारका प्रतिसदस्य रु २५ हजारका दरले राहत पाउने र अब त्यो रकम निर्वाचनपछि पुस महिनामा मात्रै पठाउन मिल्ने विष्टले बताउनुभयो । अछाममा द्वन्द्वपीडितका लागि आएको रु १२ करोड तीन लाख ५० हजारमध्ये रु साढे पाँच करोड रकम विस्थापित परिवारका सदस्यलाई वितरण गर्न बाँकी रहेको तर अन्य रकम भने जनही रु पाँच लाखका दरले मृतकका परिवारलाई वितरण भइसकेको स्थानीय शान्ति समिति अछामले जनाएको छ । सचिव विष्टका अनुसार मृतकमध्ये १२५ सर्वसाधारण, १२ प्रहरी, चार जना सशस्त्र प्रहरी र एक जना सेनाको हकदारलाई जनही रु पाँच लाखका दरले राहत वितरण गरिसकिएको छ भने केहीलाई रकम अपुग भएकाले पुनःमाग गरिएको छ ।
सरकारले मृतक र विस्थापित भएकालाई राहत दिने काम भए पनि बेपत्ता पारिएका, कुटपिट भएका, धनमाल नोक्सानी भएकाजस्ता द्वन्द्वपीडितको ठूलो संख्याले अझै राहत पाउन सकेका छैनन् । रासस

वि.सं.२०७४ भदौ २३ शुक्रवार १४:०३ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...