अमेरिकामा झन्डै झन्डै सालाखाला ९८% नेपालिहरु श्रमजिबि अर्थात वर्किङ्ग क्लासमा पर्दछन। श्रम गर्छन, बिल भुक्तानि, तिरानतारन समयमै गर्छन र २% नेपालि अन्य प्रोफेसनलमा पर्दछन अर्थात उनिहरुको कमाइ सरदर कमाउने अमेरिकनकै हाराहारिमा हुनुपर्दछ।
कानुनि कागजको अभाबमा थुप्रै सख्यामा नेपालि श्रमिकहरु शोषित, पिडित र अन्याय एबम भ्वाइसलेस छन भन्दा भयो। अर्कोथरि ठुलो जमात छ नेपालिहरुको जो अङ्रेजि भाषाको अभाबमा रोजगारदाता, साहु अर्थात मालिकबाट दिनदिनै, घन्टै पिच्छे पिडित, शोषित र अप्ठेरोमा छन जहा आफ्नो भाबना पोख्नै सक्दैनन। श्रममा जादा बाटाभरि गाडी वा सार्बजनिक सवारि वा पैदलबाटै जादा पनि फोनमा वा म्युजिक सेट कानमा लगाएर नेपालि दोहोरि, नेपालि सङ्गित सुनेर हिड्ने समुदाय काममा पुग्दा साहु, को-वर्कर वा आफ्ना म्यानेजरसङ्ग आफ्ना तनाखा, आफ्ना बेनेफिट र मर्का सुनाउन सक्दैनन यहि भाषाका अभाबमा। यो सख्या पुरुषहरु भन्दा महिलाहरुको स्थिति झन दयनिय छ। अमेरिकि साहु, भारतिय साहु, पाकिस्तानि साहु वा अन्य समुदायका साहुहरुबाट ठगिनु, श्रम शोषणमा पर्नु, सरदर र निम्नतम तनाखा ज्याला पनि नपाउनु त छदै छ हाम्रै समुदाय नेपालि रोजगारदाता, नेपालि साहुहरुबाटै ठगिने, श्रम अनुसारको तलब र ज्याला नपाउनु र आफ्नै जात र आफ्नै नेपालिबाट ठगिनु र श्रम शोषणमा पर्नु अर्को दुखदायि अबस्था बिध्यमान छ अमेरिकामा। दुखको कुरा नेपालि समुदायमै नेपालि समाजसेवक, बरिष्ठ समाजसेबिबाटै आफ्नै नेपालि कामदार, महिलाहरु ठगिनु चाहि अर्को पिडा भने भयो।
धेरै नेपालि श्रमिकहरुका अमेरिकामा जिबन बिमा छैन । धेरैलाइ थाहा पनि छैन जिबन बिमा गर्न जरुरि छ भनेर। कस्तो कुन खाले र कस्तो प्रकारको जिबन बिमा कालन्तरका लागि बढि लाभदायक छ भन्ने पनि धेरै नेपालि श्रमिकहरुलाइ थाहा छैन अमेरिकामा। बढो जोखिमयुक्त काममा तल्लिन छन नेपालिहरु ।
उनिहरुको वर्कर कम्पेन्सेसन, लाइफ इन्सुरेन्स, उनिहरुको वर्किङ्ग बेनेफिटका बारेमा छलफल गर्न सक्दैनन धेरै महिला पुरुष नेपालि श्रमिकहरु । आफ्नै साहु बाट ठगिने, आफ्ना बेनेफिट, राहत र अधिकारका लागि लडीदिने थुप्रै सरकारि एबम गैरसरकारि अमेरिकन सस्थाहरु क्रियाशिल छन तर ति पिडित शोषित श्रमिकहरुलाइ यो जानाकरि, सुचनाको हेक्का नै छ, न कसैले भनिदिन्छन नै, न त उनिहरु आफ्ना आबाज बुलन्द गर्ने र अधिकारका निम्ति लडीदिने सस्थामा आफ्ना भाबना ब्यक्त गर्ने अबस्थामा नै छन।
केहि समय अघि यहि नर्थक्यारोलिना मै एक जना नेपालि जो १० बर्षसम्म भारतियको इन्डियन रेस्टुरेन्टमा कागजको लोभमा परि रेस्टुरेन्टको भित्रि पकाउने तातो राफमा ओभनमा रातदिन नभनि काम गर्दा कागज र अलि बढि तलब बढाइदिनका लागि साहुसङ्ग थरथर काँपेर बोल्दा उनलाइ अब आइन्दा यसरि बढि तलब र कागजको माग गरेमा डीपोर्ट गरिदिने धम्कि दिएपछि आत्तिएर रुवाबासि सहित मसङ्ग सहयोगक्मो याचना गरेपछि मैले ति नेपालिको उद्दार मात्र गरिन कि उसका बर्षौ देखिका अतिरिक्त तलब समेत दिलाइ दिए मैले। अहिले तिनै भारतिय साहुले गरिदिएको स्पोन्सरबाट ग्रिन कार्ड पनि हाता लागेछ ति भाइको। अहिले परिवारलाइ स्पोन्सर गरि अमेरिका ल्याउने तरखरमा छन। उक्त पुर्ण लेख म अर्को हप्ता भित्रमा लेख्ने छु।
यस अमेरिकामा रहेका पिडित, शोषित र मर्कामा परेका श्रमिक नेपालिहरुको हितमा एन आर एन अमेरिकाले काम गर्न सक्दछ, यसका लागि जनचेतना सहितको अभिमुखिकरण र उद्दारका बिबिध सुन्दर कार्यक्रम एन आर एन अमेरिकाले सार्न सक्दछ तर कसरि भन्ने सबालमा अर्को लेखमा लेख्नेछु।
वि.सं.२०७४ भदौ २४ शनिवार ०५:४९ मा प्रकाशित