back

एनआरएन अमेरिकाको अध्यक्षमा पुन : केशव पौडेल

वि.सं.२०७४ भदौ २४ शनिवार

990 

shares
GLOBAL IME AD
NTC AD

keshav-poudelविजय थापा, अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रर्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक पनि चिकित्सक केशव पौडेल निर्वाचित भएका छन ।

अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए । तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिएपछि अन्तिम प्रतिस्प्रर्धामा केवल चिकित्सक केशव पौडेल सहित ४ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए । पौडेलले ४६.७ प्रतिसत मत ल्याई पुन् ः बिजयी भएका छन् ।

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिख सम्म बिहान ८ बजे देखि मतदान बिधुतिय प्रकिया द्वारा निर्वाचन भएको थियो । गत बुधबार राती सेप्टेम्बर ६ तारिख ११ः५९ मिनेट पूर्वीय समय सम्पन्न मत गणना अनुसार चिकित्सक पौडेलका निकटतम प्रतिद्वन्दीहरु रविना थापा ,राम सी पोखरेल, तथा कृष्ण पोख्रेल रहेका थिए । चिकित्सक पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुन ःअ वसर दिन आग्रह समेत गरेका थिए ।

जम्मा १४ हजार ५ सय २० मतदाता मध्ये ९ हजार २ सय ८२ मत खसेको छ । कुल ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी वरिष्ठ उपाधक्ष्य पदमा सुनिल शाह बिजयी भएका छन् । ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस : दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल,मध्य पश्चिम क्षेत्रको लागि राधा पौडेल,उत्तर पूर्व क्षेत्रको लागि राम कुमार सुबेदी तथा पश्चिमक्षेत्रका लागि उमा कार्की थापा रहेका छन् ।

यसै गरि महासचिबमा बाबुराम लामा बिजयी भएका छन् भने सचिबमा होम नाथ गौतम बिजयी भएका छन् । यसैगरि कोषाध्यक्षमा प्रकाश अर्याल बिजयी भएका छन् । त्यस्तै महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भएकी छिन् । कार्यकारी समितिको सदस्यहरुमा अमृत कट्टेल ,आङ्ग ग्याल्जेन,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री, संजय थापा ,तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह बिजयी भएका छन ।

यसै गरि आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन् ।

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशका र विरोध किन सुरु ?

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशका र विरोध सूरू भएको छ । निर्वाचन सकिएको केही मिनेट मै नतिजा सामाजिक संजालमा आएपछि मतदाता र उम्मेदवार आश्चर्य बनेका छन । र आक्रोश पोख्न थालेको पाइएको छ । करिव ३ मिनेटमा नतिजा निस्कनुले निर्वाचन गर्ने निकाय फितलो र कमजोर रहेको आरोप लाग्न सुरु भएको छ ।

यसो हो भने ( ईलेक्सन बडी ) नामक निकायको यन्त्र नै कब्जा गरि अंक यताउता पारेको पनि शंका उम्मेदवारहरूले गरेका छन । मत खसाल्न लाग्दा तपाईहरूले मत खसाएको भनि उम्मेदवारले प्रमाण दिने बताएका छन । ईलेक्सन बडीले गराएको निर्बाचन प्रति गोपनीयता र बिस्वसनीयताको प्रश्न खड़ा भएको छ । मतदान प्रक्रियामा त्रुटि जस्तो फेला परेकोले मतदान प्रक्रिया पनि छानबीन होस भन्ने पनि सामाजिक सञ्जालमा आइरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्तले सम्बोधन गर्ने हेतुले दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक हुन् आव्हान गर्दै सम्बोधन गरिन् ।

किन निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालद्वारा निर्वाचन परिणाम प्रकाशित गर्नु अघि दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक
एनआरएन अमेरिकाकि निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले निर्वाचन आयोगले निर्वाचन परिणाम प्रकाशित गर्नु अगावै अनौपचारिक रुपमा सामाजिक संजालमा आएको निर्वाचन परिणाम आएकोले सामाजिक संजालमा हंगामा मच्चियो । सत्य तथ्य पत्ता लगाउन निर्वाचन समितिका सदस्य तथा निर्वाचन गराउने निकाय संग छलफल गरे पछि निर्वाचन आयुक्त दाहालले संचारकर्मी ,उम्मेदवार तथा अन्य सहभागीहरुको जानकारी दिदै जिज्ञाशालाई समेत सम्बोधन गरिन् ।

आयुक्त शर्माले निर्वाचन मतदानमा कुनै ह्याक (अनधिकृत प्रवेश ) नभएको जानकारी दूर संचार प्रणाली( कन्फेरेन्स कल ) को मार्फत गराईन् । प्रमूख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल को नेतृत्वमा मतदान सम्पन्न भएको थियो भने ईलेक्सन बडी नामक निकायलाई बिधुतिय मतदानको जिम्मा दिइएको थियो ।

वि.सं.२०७४ भदौ २४ शनिवार ०७:२६ मा प्रकाशित

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु...

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार सँघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम...