
२४ भदौ, एजेन्सी प्रिमियर लिगा आज ७ खेल हुदैँ छन् । पहिलो खेल नेपाली समयअनुसार सवा पाँच बजे म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदानमा लिभरपुलको सामना गर्दै छ । यस्तै बेलुका पौने आठ बजे आर्सनल भर्सेज बर्निमाउथ, ब्रिटन एण्ड होभ अल्बिओन भर्सेज वेष्ट ब्रोमिच अल्बिओन, एर्भटन भर्सेस टोटेन्ह्याम, लेईस्टर सिटी भर्सेज चेल्सी, साउथह्याम्पटन भर्सेज वार्टफोर्ड भिड्दै छन् ।
यस्तै आज हुने अन्तिम खेलमा लिगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर युनाईटेडले स्टोक सिटीको सामना गर्दै छ ।