Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

सडकबाट खसेर दुईजना बेपत्ता



२४ भदौ, बाबियाचौर (म्याग्दी) । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सडक विस्तार भइरहेकाले गाडी रोकिएको अवस्थामा पैदलै घाँसातर्फ जाँदै गरेका भारत बिहारका ललन शर्मा सडकको डिलबाट खोँचमा खसेका हुन् । शर्माले लगाएको गलबन्दी भिरमा अड्किएको अवस्थामा देखिएको र उनको खोजीमा प्रहरी परिचालन भएको घटनास्थलबाट इन्द्रसिङ शेरचनले बताउनुभयो ।

यसैगरी, शुक्रबार भुरुङ तातोपानीदेखि बेनी आउँदै गरेको मोटरसाइकलसहित कालीगण्डकी नदीमा खसेर हेटौँडा उपमहानगरपालिका–१६ का अन्दाजी २४ वर्षीय बादल बम्जन बेपत्ता भएका छन् । ग १२ प ५३४ नं को मोटरसाइकलमा बेनी आउँदै गरेका उनी भुरुङ तातोपानीको भिरबाट कालीगण्डकी नदीमा खसेका थिए ।

बम्जनको खोजी जारी रहेको र अवस्था अज्ञात रहेको भुरुङ तातोपानी प्रहरी चौकीले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा