
२५ भदौ, एजेन्सी । लालिगा अन्तर्गत हिजो भएको बार्सीलोना र इस्प्यान्योल बिचको डर्वी खेलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ ।
वार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्साले सहरी प्रतिद्वन्दी इस्प्यान्योललाई ५-० को विशाल गोल अन्तरले हराएको हो ।
बार्साको जितमा लिओनल मेस्सीले उत्कृष्ट ह्याटि्रक गरेका थिए । यस्तै जेराड पिके र लुईस सुआरेजले एक एक गोल गरेका थिए ।
हिजो भएको खेलमा जित निकाल्दै लालिगा अन्तरगत खेलिएका ३ खेलमा जित निकाल्दै लिगको शिर्ष स्थानमा यथावत छ ।
हिजो नै भएको खेलमा डर्ट्मन्ड बाट बार्सा गएका डेम्बेलेले डेब्यु गरेका थिए । उनले एक गोलका लागि एसिस्ट समेत गरेका थिए ।