
दुर्गा भुसाल कतार
नयॉ शक्ति पार्टी नेपालको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ) ले भाद्र २३ सुक्रबार ८ सेप्टेम्बर २०१७ मा आफ्नो दोहा क्षेत्रीय भेला तथा प्रसिक्ष्रण कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरास्ट्रिय नेपाली समाज कतारका युवा नेता तथा अधिबेसन आयोजक समितिका सदस्य अनिल परियारले संचालन गर्नुभएको भेला तथा प्रसिक्ष्रण कार्यक्रम नयासक्ति पाटि नेपालका संघिय परिसद सदस्य कतारका सफल व्यवसायी तथा समाजसेबी कमल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने सभापतित्व दलित शक्ति कतारका बरिस्ठ सल्लाहकार तथा INSQ का अधिबेसन आयोजक समितिका सदस्य रमेश शिंहखातीले गर्नुभएको थियो ।
कार्यक्रमको अन्य अतिथिमा INSQ का सल्हाकारहरु दुर्गा सुनार, शी: शि सुबेदी, कतार संगठनका उत्प्रेरक शिभराज भटराई, संयोजक देब परियार, आर्थिकरसंगठन प्रमुख दुर्गा भुसाल, प्रवक्ता ध्रुब क्षेत्री, कतार संगठनका अधिबेसन आयोजक प्रादेशिक सदस्यहरु राम संजेल, होम उप्रेती,दलित शक्ति कतारका कार्यबहाक संयोजक सोम सोनाम, सहानिया क्षेत्रका उत्प्रेरक बिपी पाठक (सागर) पुर्ब मुस्लिम बिभाग संयोजक मेराजुदीन मिया, सनैया क्षेत्रका संयोजक अब्दुल करिम मिया, खेलकुद बिभाग प्रमुख जेकी च्यान (टेक प्रसाद) वोक्रा क्षेत्रका संयोजक रामजी सुबेदी, युवा नेताहरु मनोज दाहाल,नबिन गिरि, सन्तोष बस्नेत, अलखोर छेत्रका संयोजक संगम भटराई, एनआरएनए कतार प्रदेश ३ संयोजक तथा समाजसेबी नारायण बिष्ट, परिवार मित्रता समाज नेपालका केन्द्रिय कोषाध्यक्ष नेत्र परियार, परिवार मित्रता समाज कतारका अध्यक्ष बिरेन परियार लगायत हुनुहुन्थ्यो।
कार्यक्रममा दुर्गा भुसालले शुभकामना मन्तब्य मार्फत सबै उपस्थित पाहुना तथा सहभागी लाई स्वागत गर्नुभएको थियो । भेलाले बिभिन्न क्षेत्र तथा बिभागको पुर्नगठन तथा क्रार्यबिभाजनमा फेरबदल गरेको छ । सो अवसरमा कतार बसाइलाइ बिट मार्दै पाटिको नीति अनुरुप नेपाल फर्किन लाग्नु भएका प्रादेशिक समिति सदस्य राम संजेल, होम उप्रेती र INSQ का केन्द्रिय सदस्य अनुराग रसाइलीलाइ प्रमुख अतिथि तथा बिसेष अतिथिहरुबाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो।
प्रादेशिक सदस्य होम उप्रेतीले INSQ को युवा बिभाग संयोजकबाट बिदाई हुदै गर्दा अर्का युवा नेता मनोज दाहाललाइ युवा बिभाग प्रमुखमा मनोनित गरेको छ । मधेश बिभागमा बरिस्ठ सल्लाहकार तन्बिर आलम र संयोजक एजाज हुसेन, सहसंयोजकहरु तारकेश्वर यादब, सुभास चौधरी, नबल ठाकुरको नेतृत्वमा ३६ सदसिय कार्यसमिति भोषणा गरिएको गरेको छ भने दोहा समितिमा संयोजक सुरज क्षेत्री, उपसंयोजक अर्जुन सेडाई र टोप बहादुर परियारको नेतृत्वमा २१ सदसिय क्रायसमिति घोषणा गरेको छ ।
साथै जनजाति बिभाग प्रमुख बिजया लामा र उपप्रमुख दिपेश लोप्चनको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति बनेको छ । संगठनमा पुर्बमावोबादी जनसेनासहित माओवादी केन्द्रबाट, ३४ कांग्रेश र एमाले बाट ६७ जना ब्यक्तिहरू प्रवेश गर्नुभएको जानकारी आयोजकले दिएको छ।