back

जापानमा १५० औं महाकबी सिद्विदास जयन्ती सम्पन्न

वि.सं.२०७४ भदौ २५ आइतवार

156 

shares
NTC AD
Global IME AD

siddidas jayanti in japan

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको तत्वाबधानमा नेवार साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा सेप्टेम्बर ८ तारेख  शुक्रवार एक साहित्यिक कार्यक्रमका साथ टोकियोमा १५० औं जन्म जयन्ती शिबुया चुबाकी गार्डेनको सभा हलमा  भब्यरुपमा सम्पन्न गरेको छ ।

समारोहलाई सम्बोधन गर्नु हुदै संस्थाका प्रतिनिधि जनक राज शाक्यले महाकबी सिद्विदास महाजुको योगदान बारे चर्चा गर्नु हुदै देश बिदेशमा छरिएर रहेका नेपाली जन समाज बीच सिद्विदासको  संदेश पुर्याउन अभियानको रुपमा १५० औ जन्म जयन्तिलाई बिसेष कार्यक्रमको रुपमा अगाडी बढाइएको र येस्मा नेपाली   साहित्यकार र साहित्यिक संस्थाहरुको भूमिका महत्वपूर्ण भएको कुरा प्रकाश पार्नुभयो ।

अर्का प्रतिनिधि प्रकाश लाल श्रेष्ठले  बिदेशमा बसेर नेपाल र नेपालीको पहिचान जोगाउन नेपाल भाषा र साहित्यको संरक्षण हुनु जरुरि भएको कुरा औल्याउनु हुदै महाकबी सिद्विदास महाजुको योगदान सामाजिक एकिकरणको दिसामा उन्मुख रहेको कुरा चर्चा गर्नु हुदै यसमा नेपाल सरकारबाट आवस्यक कदम चाल्नु पर्नेमा जोड दिनुभएको थियो ।

संस्थाका प्रतिनिधि कृष्ण बदन जोशीले महाकबी सिद्विदासको  तस्बिरमा माल्यार्पण गर्नु भएको थियो। चुबाकी गार्डेनको  हलमा सहभागी सबै साहित्यकार, साहित्यानुरागी तथा साहित्यप्रेमीहरुलाई समारोहका सदस्य शर्मिला शाक्यले स्वागत भाषण गर्नुभएको थियो।

उहाले  “टाढा टाढा देखि आफ्नो काम काज सबै छोडेर यो कार्यक्रममा आइदिनुहुने सम्पूर्ण उपस्थित महानुभाब हरुमा समारोह संस्थाको  तर्फबाट र म आफ्नो तर्फबाट पनि हार्दिक स्वागत अभिबादन गर्दछु” भन्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभाका सभापति  सुनिल कुमार शाक्यले आजको यो भब्य कार्यक्रममा साहित्य प्रेमी संघ संस्था, कबि,कलाकार तथा साथिहरु तथा बिसेष गरि जापानमा हुनुभएका साहित्यकार तथा साहित्यानुरागी साथीहरुको बिचमा यो ऐतिहासिक  कार्यक्रम सफल पार्न पाउदा गौरन्भाविन्त भएको भन्दै उपस्थित सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो  ।

जापानमा सिद्धिदासको स्मरण गर्दै साहित्यिक कार्यक्रम पहिलो पटक गरिएको हो । सिद्धिदास जयन्ती मनाउने क्रममा जापान निवासी साहित्यप्रेमीहरुको  साहित्यक रचना र कविता  प्रस्तुत गरिएको थियो ।

महाकवि सिद्धिदास महाजुलाई नेवार साहित्यमा विशेष सम्मान र महत्वका साथ हेरिन्छ । सिद्धिदास महाजुले नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न नेपाल भाषामा खण्डकाव्य, महाकाव्य ,बिबिध विधाका कयौं पुस्तकहरु नेपाल भाषामा काव्यात्मक रुपले प्रस्तुत गरेका थिए। यस वाहेक उनका अन्य फुटकर कृतिहरु नेपाल भाषामा रचता गरिएका छन्। सिद्धिदास महाजुको जन्म नेपाल सम्बत ९८७ ञलागा २ आईतवारका दिन भक्तपुरको सुकुलढोकामा भएको थियो।

वि.सं.२०७४ भदौ २५ आइतवार ०३:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...