
२५ भदौं, काठमाडौं । सामाजिक क्षेत्रका कार्यक्रममा समेत शासकिय स्वरुपको बहस चल्न थालेका छन् ।
शनिबार ‘मानव अधिकार शुसासन र विकास हाम्रो शान : सामाजिक दायित्वबोधका लागि सार्थक अभियान’ विषयमा जोड दिदैं सुरु भएको सार्थक अभियानको प्रथम साधारणसभामा नेपाली जनताले वास्तविक लोकतन्त्रको प्राप्ति गर्न नसकेको कारण मानब अधिकारको आन्दोलन जारीरहेको बताइएको थियो ।
विद्यमान व्यवस्थाले ल्याएको अस्थिर प्रणालीका विकल्पमा नयाँ ढंगले शासकिय स्वरुप बारे बहश बढाइनुपर्ने विषयतर्फ वक्ताहरुले जोड दिएका थिए ।
राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष डा. दिनेश चन्द्र देवकोटाको प्रंमुख आतिथ्यता र अष्ट ज अभियानका अध्यक्ष लोक कृष्ण भट्टराईको विशिष्ट आतिथ्यतमा सम्पन्न सो कार्यक्रममा डा. दिनेशचन्द्र देवकोटा, लोककृष्ण भट्टराई, निलकण्ठ तिवारी, डा. निरंजन कोइराला, विनोद कुमार विश्वकर्मा, गोपाल विक, केदार सिलवाल, उत्तम शर्मा, भरत गौतम, मायादेवि गुरुङ लगायतका व्यक्तित्वहरुले सार्थक अभियानलाई अगाडि बढाउन आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा मुलुकले भोगेको राजनीतिक अस्थिरताको विकल्प सोच्न दलहरु गम्भीर बन्नुपर्ने सुझाव आएका थिए ।
साधारणसभाले भरतकुमार गौतमको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसमा किसान लिम्बु र माया देवि गुरुङ उपाध्यक्ष, बालकृष्ण आचार्य–महासचिव, गोवा घर्ति–सचीव, विचारमान थिङ–कोषाध्यक्ष तथा पे्रम वस्नेत, अनिता गौतम, शुभेन्द्र कुमार दास, विमला कोइराला सार्की र हरिमाया गुरुङ सदस्य रहेका छन भने आमन्त्रित विशेष प्रतिनिधिमा घनश्याम भट्टराई र कृष्ण पुन रहेका छन् ।