back

स्थानीयवासीको सहयोगमा प्रहरी भवन निर्माण

वि.सं.२०७४ भदौ २५ आइतवार

543 

shares

२५ भदौ, पाल्पा । स्थानीयवासीको सहयोगमा पाल्पामा प्रहरीको भवन निर्माण भएको छ । ८६ व्यक्ति तथा संस्थाको आर्थिक तथा भौतिक सहयोगमा तानसेन नगरपालिकाको बर्तुङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनेको हो ।

स्थानीय बासिन्दाको आर्थिक तथा भौतिक गरी रु २३ लाख २९ हजार ४८३ को सहयोगमा निर्माण भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो ।

भवन निर्माणमा तानसेन नगरपालिका–१० का गोपाल पौडेलले रु एक लाख १२ हजार २२२ बराबरको जिन्सी सामान सहयोग, श्रीनगर यातायात व्यवसायी संघ पाल्पाले रु एक लाख ११ हजार १११, जिल्ला प्रहरी कार्यालयले रु एक लाख, जिल्ला समन्वय समिति पाल्पाले रु एक लाख र पाल्पाका स्थानीय तहबाट समेत आर्थिक सहयोग प्राप्त भएको हो ।

त्यसैगरी, नवलपरासीका भरत थापाले रु ५५ हजार, तानसेनका सुजन श्रेष्ठले रु ५१ हजार, बगनासकाली–३ का रिजाल हार्डवेयरले ४२ हजारलगायत ८६ व्यक्ति तथा संस्थाबाट आर्थिक तथा भौतिक सहयोगबाट प्रहरी सुविधा सम्पन्न भवन बनेको उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद रानाले बताउनुभयो ।

दुईतले, पाँच कोठासहितको पक्की भवन बनेपछि प्रहरीलाई कार्यसम्पादनमा सहज भएको छ । सवारी साधन दैनिक रुपमा बढ्दै गए पनि ट्राफिक प्रहरीको संख्या भने कमी रहँदा कार्यसम्पादनमा समस्या रहेको छ ।

वि.सं.२०७४ भदौ २५ आइतवार ०४:२८ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...