Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

भूकम्पपीडितका लागि घरघरमै  पुगेर बैंक खाता



२५ भदौ, फलेवास, पर्वत । भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको छ ।

कुश्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको सक्रियतामा वडा कार्यालयमा शनिबार बैंक खाता खोलिएको छ । ५० जना सर्वसाधारणको बैंक खाता खोलिएको कुश्मा नगरपालिका–१४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिनुभयो । भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्वसाधारणले गाउँमै बैंक खाता खोलिएपछि निकै खुशी भएका छन् ।

भूकम्पपीडितले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन् । आर्थर डाँडाखर्कमा ६२ परिवारका घरगोठ पूर्णरुपमा क्षति भएका छन् । यसबाहेक पूर्णरुपमा घरगोठ क्षति भएर पनि पूर्णक्षतिमा नपरेका परिवारले वडा कार्यालयमार्फत गुनासो भरेका छन् । विवरण नमिलेका र सच्याउनुपर्ने परिवारलाई कुश्मा नै खाता खोल्ने व्यवस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिनुभयो ।

बैंकले भूकम्पपीडितको अहिलेसम्म ४०० भन्दा बढी खाता खोलिसकेको कुश्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण