
२५ भदौ, एजेन्सी । गत अगस्टमा रियल म्याड्रिडले स्टार फरवार्ड मोराटालाई चेल्सी बेचेपछि उनको ठाउमा अर्को स्तरीय खेलाडी भित्राउने अपेक्षा सर्मथकहरुले गरेका थिए । लामो समयसम्म फ्रेन्च फरवार्ड किलियन एम्बाप्पेलाई किन्ने चर्चा चलेतापनि रियलको सट्टा पिएसजीले एम्बेप्पेलाई किन्न सफल रह्यो । यस्तै रियलले युभेन्ट्सका फरवार्ड पाउलो डिबेलालाई किन्ने प्रयास गरेतापनि अन्तत प्रयास असफल रह्यो । रियलले कुनै पनि प्रभाव पार्ने खेलाडी किन्न असफल रह्यो ।
अल्भारो मोराटाको चेल्सी प्रस्थान तथा अर्को प्रभावशाली खेलाडी हामेश रोड्रिगवेजको जर्मन क्लब बार्यन म्युनिख प्रस्थानलाई क्लब प्रशासनले त्यत्ति ठुलो क्षतिको रुपमा लिन सकेन । गत सिजन रियललाई च्याम्पियन्स लिग र लालिगाको उपाधि जिताउन निकै ठुलो भुमिका खेलाडीलाई क्लबमा राख्न सकेन् जुन कुरामा रियल असफल साबित भयो । गत सिजनको मोराटाको प्रर्दशनलाई हेर्ने हो भने पनि अधिकांश समय बेन्चमा रहेर खेलेतापनि सबस्टिच्युटको रुपमा मैदान प्रवेश गरेर रियललाई जोगाएका छन् । उनको बर्हिगमन पछि पनि क्लबले आशातित प्रर्दशन गरेको छैन् ।
रियलका प्रमुख स्ट्राईकर करिम बेन्जेमाले यो सिजन पनि आशाति प्रर्दशन गर्न सकेका छैनन् । धेरै जसो खुला अवसरहरु पनि सहजै गुमाउनाले रियलको ९ नम्बर अर्थात सेन्ट्रल स्ट्राईकरको फितलो प्रर्दशनले रियलले लालिगाको सुरुवाती तीन खेलमा ४ अंक गुमाईसकेको छ । रोनाल्डोको प्रतिबन्धका कारण रियलको आक्रामक लाईन निकै कमजोर देएिको छ । मार्को एसेन्सियोले राम्रो प्रर्दशन गरेतापनि उनी अझै परिपक्व भईसकेका छैनन् ।
मोराटाको बर्हिगमनले रियलमा एउटा यस्तो खाडल बनेको छ । जुन रियलले यो सिजनका आगामी खेलहरुमा यसको मुल्य अवश्य चुकाउनु पर्ने देखिन्छ ।