Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

जग्गा धनीलाई कुत बुझाउन पनि सास्ती



२५ भदौ, बनेपा । अर्काको जमिन जोतभोग गरेर जीविकोपार्जन गरेका भूम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेका बासिन्दाले जमिन्दारलाई कुत बुझाउन पनि सास्ती खेप्नुपरेको छ । जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ ।

“जग्गाधनी काठमाडाँै र अमेरिकामा बस्छन, त्यसैले समयमा नै कुत लिएर काठमाडाँैं जानुपर्छ ।” भूम्लु– ८ की सीता थपलियाले भन्नुभयो ।

भूम्लु– ८ का रञ्जन श्रीभक्तीले जग्गा धनीले अन्नबाली आधा लिने गरेको गुनासो गर्नुभयो । उहाँले कुत नबुझाए कमाइरहेको जग्गा पनि नपाउने भएकाले जग्गाधनीले जहाँ भन्छन् त्यही कुत पु¥याउने गरेको बताउनुभयो ।

सोही स्थानका ७४ वर्षीय अम्मरबहादुर सिंहले भन्नुभयो– “बुबाले कति वर्ष कमाउनुभयो मलाई थाहा छैन तर मैले २०२७ सालदेखि कुत बुझाउँदै आएको छु । ”

भूम्लु– ८ का वडाध्यक्ष मोतिलाल तामाङले मौखिक कबोलका आधारमा जग्गाधनीलाई मकै, धानलगायतका बाली बुझाउने गरेको जानकारी दिँदै कुत बुझाउन नपुगे बाहिर श्रम गरेर पनि मोहीले नगद बुझाउने गरेका छन् भन्नुभयो ।

उहाँले बताउनुभयो– “यसरी कुत बुझाउँदा पनि पीडितले बुझाएको कुनै निस्सा वा प्रमाण पाउदैनन । ”फँलाटेका ध्रुवराज खरेलले जग्गा आफ्नो स्वामित्वमा नभएका कारण पुनःनिर्माण गर्नसक्ने अवस्था नभएकले जग्गाको नयाँ नापी र अद्यावधिक गर्न आवश्यक छ ।”

सो स्थानमा २०३२ सालमा जग्गाको नापी भएको थियो । फँलाटे र भूम्लुटारको सीमा विवादले उक्त क्षेत्रमा स्थानीयवासीले जग्गाको लालपुर्जा पाउन नसकेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले लालपुर्जा नभए पनि लाभग्रहीसँग सम्झौता गरेर उनीहरुको निस्साका आधारमा पुनःनिर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो– “भूम्लुटार र फँलाटेमा तेस्रो किस्ता पनि वितरण भइरहेको छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट