back

एकता समाज ओमानले पठायो बाढीपीडितको लागि संकलित राहत रकम

वि.सं.२०७४ भदौ २५ आइतवार

663 

shares

receiptचित्र प्रसाद आचार्य,ओमान । राजमो निकट भातृ संगठन नेपाली एकता समाजले केहि समय अगाडी नेपालको बिभिन्न ठाउँहरुमा आएको बाढी पहिरोका कारण पिडित हुन पुगेका नेपाली नागरिकहरुको लागि राहत स्वरूप संकलन गरिएको आर्थिक रकम नेपाल पठाएको छ ।
समाजका सदस्यहरुको सक्रियतामा तथा शुभचिन्तकहरुबीच उठाइएको छयासी हजार सात सय पन्चानब्बे रुपियाँ हिजो शनिबार नेपाल पठाएको हो । केहि समय पहिले नेपालको पुर्वी तराई लगायत देशको विभिन्न भागमा भएको बाढी तथा पहिरोले ब्यापक जनधनको क्षति भएको र त्यसबाट उत्पन्न प्राकृतिक बिपत्तिलाई मध्यनजर राख्दै ओमान नेपाली एकता समाजले बाढीपहिरो पीडित सहयोगार्थ अभियान शुरु गरेको थियो ।
सो अभियान अन्तर्गत ओमानी रियाल तीन सय तिस अर्थात छयासी हजार सात सय पन्चानब्बे रुपियाँ संकलन भएको समाजका अध्यक्ष छबिलाल बस्नेतले जानकारी दिएका छन् ।
यसैबीच ओमानमा रहेका अधिकांश मजदुरबर्गहरुको अतुलनीय सहयोगका कारण यति रकम संकलन गर्न सफल भएको बताउदै ओमान नेपाली एकता समाज केन्द्रिय अध्यक्ष छबिलाल बस्नेतले सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको छ ।
दुईचार पैसा जोगाएर आफ्ना परिवार पाल्न आएका प्रवासी नेपालीहरुको गाँस कटाएर सहयोगार्थ उठेको रकम वास्तविक पीडितहरुको हातसम्म पुग्नै नपाउने जनगुनासो आममानिसमा फैलिएको बेला र सरकारको एकद्वार प्रणालीद्वारा वितरण गरिने अनियमितता र अन्योलताकाबिच ओमान नेपाली एकता समाजले आफ्ना छाता संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजमार्फत पीडितहरु समक्ष पुर्याउने अभिप्रायका साथ समाजका अध्यक्ष गंगा पौडेल र कोषाध्यक्ष खगेश्वर शर्माको नाममा खोलिएको संयुक्त खातामा सो रकम पठाइएको हो ।

वि.सं.२०७४ भदौ २५ आइतवार १०:३२ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...