back

विराटनगर महानगरको बजेट रु तीन अर्बभन्दा बढी

वि.सं.२०७४ भदौ २५ आइतवार

501 

shares
RBB AD
NTC AD

२५ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाले आज चालु आवका लागि रु तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ रु एक अर्ब ७४ करोड ८९ लाख २१ हजार, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय विकास परियोजनातर्फ रु एक अर्ब ६४ करोड गरी रु तीन अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित बजेट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ दीर्घकालीन सोचका साथ समानुपातिक विकासको अभियानलाई मूर्तरुप दिने उद्देश्यले बजेट तयार गरिएको बताउनुभयो ।

बजेटमा समानुपातिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाको रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक/एक सामुदायिक विद्यालय र मदरसासमेत गरी तीनवटा विद्यालयमा रु ५० लाखका दरले रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, ‘छोरी बचाउ अभियान’ अन्तर्गत पहिलो छोरी जन्माउने अभिभावकलाई रु तीन हजार, ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सामाजिक भत्तामा मासिक थप रु एक हजार दिने उल्लेख गरिएको छ ।

यसका साथै निर्माणमा सहजताका लागि आफ्नै स्वामित्वमा रोलर र ग्रेडर खरिद गर्न रु दुई करोड, नहरलाई बाइपासको रुपमा विकास गर्न रु एक करोड, बहुउद्देश्यीय पार्क निर्माण गर्न र वडा नं ३ को घोघापैनी निर्माण गर्न रु एक/एक करोड र स्लाब हाल्न १५ वटा वडालाई रु २०/२० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, ऐतिहासिक विराट राजाको दरबार क्षेत्रका लागि रु ४० लाख र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घरपरिवारलाई व्यवस्थापन गर्ने लगायतका योजना सार्वजनिक गरिएको छ । रासस

वि.सं.२०७४ भदौ २५ आइतवार १४:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

पूर्वसभामुख सापकोटा भन्छन्-गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ

पूर्वसभामुख सापकोटा भन्छन्-गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद...