back

थाईल्यान्ड विरुद्ध नेपालले निकाल्यो २५५ रनको प्रभावशाली जित

वि.सं.२०७४ भदौ २६ सोमवार

771 

shares

acc

२६  भदौ , काठमाडौँ । एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्र्तगतको खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको प्रभावशाली जित निकालेको छ ।
पहिले ब्याटिङ गरेर नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको विशाल लक्ष्य थाइल्याण्डले मात्र १० ओभरमा २६ रन बनाउदै अलआउट भएको हो ।
थाईल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने ४ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ७ विकेट लिए । त्यस्तै, नन्दन यादव, किशोर महतो र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो ।

थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङको निम्तो दिएको थियो ।

नेपालका लागि अनिल कुमारले उत्कृष्ट पारी खेलेका थिए । ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्काको मदतमा ९१ रन बनाएका थिए ।
यस्तै ६१ बल खेलेका प्रनित थापामगरले अर्धशतक अर्थात ५० रन बनाएक थिए ।यसै गरि सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो ले २ रन बनाएका थिए ।

थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ३ तथा पानास्क डेन्मालिडोइले २ विकेट लिएका थिए ।

वि.सं.२०७४ भदौ २६ सोमवार ०६:२८ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को...

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...