back

सरकारले खेललाई उच्च प्राथमिकतामा राखेको छ – मन्त्री केसी

वि.सं.२०७४ भदौ २६ सोमवार

510 

shares
GLOBAL IME AD
NTC AD

rajendrakumarkc

२६ भदौ, पोखरा। युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।

पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।

“पोखरालाई खेलको केन्द्र बनाउने हाम्रो योजना छ”, उहाँले भन्नुभयो, “आसन्न दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग तय भइसकेको छ, थप अध्ययनपछि उक्त संख्या सात÷आठ पुग्न पनि सक्छ ।”

खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाको तयारी गर्न लागेको उहाँले बताउनुभयो ।

नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले नेपालमा लन टेनिसको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिनुभयो ।

वि.सं.२०७४ भदौ २६ सोमवार ०७:०१ मा प्रकाशित

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...