back

स्याङ्जामा जनता आवास अन्तर्गत ९६ घर निर्माण हुँदै

वि.सं.२०७४ भदौ २६ सोमवार

243 

shares
RBB AD
NTC AD

home

२६ भदौ , वालिङ (स्याङ्जा)। जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न चार स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् ।
कास्कीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो ।
उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण्डेकाअनुसार स्याङ्जामा एक सयवटा घर निर्माणका लागि प्रक्रिया अघि बढाइए पनि चारवटा घरको सम्झौता नभएका कारण निर्माण हुन सकेको छैन ।

स्याङ्जाको वालिङ नगरपालिकामा ३२, पुतलीबजारमा १९, भीरकोटमा २२ र चापाकोट नगरपालिकामा २३ गरी जिल्लाभरी ९६ वटा अति विपन्न, माझी तथा पिछडा वर्गका समुदाय छनोट गरी घर निर्माण गरिएको छ ।

“दुईलाख १० हजार र शौचालय निर्माणका लागि २४ हजार गरी प्रतिघर रु दुई लाख ३४ हजार बजेट हामीले तीन किस्तामा दिने गरेका छौं” सो कार्यालयका लेखा अधिकृत विनोद गौतमले भन्नुभयो,” “तीन किस्ताको रकम भुक्तानी भइसकेको छ भने अब अन्तिम किस्ता दिने तयारीमा रहेका छौं ।”

वि.सं.२०७४ भदौ २६ सोमवार १२:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...