Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

जुफाल विमानस्थलमा समिट एअरको उडान सुरु



रामचन्द्र न्यौपाने

२६ भदौ, दुनै (डोल्पा)। जुफाल विमानस्थलमा समिट एअरको जहाजले आजदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफलले जनाएको छ ।

समिट एअरका क्याप्टेन रवीन्द्र रोकाया, क्याप्टेन एडी शेर्पा र एअर होस्टेज के थापासहित तीन सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको जहाज अवतरण गरेको समिट एअरका जुफाल स्टेशन इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब दैनिक उडान हुने छ, यात्रुलाई सकेसम्म सुविधा प्रदान गर्ने छौँ, टिकटको पीडा डोल्पालीले खेप्नुपर्दैन ।”

समिट एअरले भाडादर भने तारा एअरको जत्तिको कायम गरेको क्याप्टेन रोकायाले जानकारी दिनुभयो । नेपालगञ्ज–डोल्पा रु आठ हजार ६५० र डोल्पा–नेपालगञ्ज रु तीन हजार ६१५ भाडादर छ ।

धावन मार्ग कालोपत्रे 

विमानस्थल सञ्चालन भएको ४२ वर्षपछि कालोपत्रे भएको धावनमार्गमा नयाँ कम्पनीका जहाज कुदेको देख्दा स्थानीयवासीले खुशी मनाएका छन् । “अब सहजै यात्रा गर्न सकिन्छ, टिकटको लागि हप्तौँसम्म कुर्न नपर्ला, थोरै भए पनि राहात पुग्ने भयो”, उनीहरूको भनाइ थियो ।

कुल ५६० मि लम्बाइ धावनमार्ग रहेको विमानस्थलमा कालोपत्रे गरिएपछि विभिन्न विमान कम्पनीका जहाजले उडान भर्न थालेका हुन् । यसअघि तारा एअर र नेपाल एअरका ट्वीनअटर जहाज तथा गोमा र मकालुका जहाजले उडान भर्ने गरेका थिए ।

धावनमार्ग कालोपत्रे भएपछि सीता एअरको डोनियर जहाजले पनि उडान भर्ने नेपाल नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रकाशबाबु तिवारीले बताउनुभयो । \

हालसम्म तारा एअरले मात्र यात्रुलाई सेवा दिँदा हप्तौँसम्म टिकटका लागि कुर्नुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो अवस्था नआउने उहाँले बताउनुभयो ।

“यसअघि जुफाल विमानस्थलमा टिकट पाउन मन्त्रीसम्मको पावर लाग्थ्यो, एअरलाइन्सका कर्मचारीलाई नमस्कारले रिझाउनुपर्ने अवस्था थियो, अबदेखि त्यस्तो अवस्था नहोला” त्रिपुरा सुन्दरी–१ का गौरीशंकर उपाध्यायले भन्नुभयो, “यतिसम्म कि विमानस्थलमा जहाज कुर्दाकुर्दा पैसा सकिन्थ्यो, आफ्नो काम नै छुट्थ्यो, समयमै उपचार नपाएर बिरामीसमेत मथ्र्यो, अब नियमित उडान भयो, त्यस्ता समस्याको पक्कै समाधान होला ।” रासस


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज