
गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्ककको अध्यक्षमा यमलाल सुवेदि निर्वाचित भएका छन् ।
११ सेप्टेम्बरका दिन डेनर्माकको कोपनहेगनमा सम्पन्न भएको संघको चौथो अधिबेशनमा सुवेदीले अध्यक्षका अर्का प्रत्याशी रविन्द्र खड्कालाई पछि पार्दै ३०७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । साथै खड्काले २३५ मत प्राप्त गरेका थिए ।
जसको महिला उपाध्यक्षमा सुशीला हमाल, उपाध्यक्ष खुलामा दिपक रानाभाट, नविन अर्याल, महासचिवमा सुमन थापा, सचिवमा राजमान तामाङ,कोषाध्यक्षमा अशोक शर्मा निर्वाचित भएका छन् भने सदस्यहरुमा लक्ष्मी प्रसाद जमरकटेल, नारायण चापागाईँ,नारायण मिश्र, नरेन्द्रनाथ ढकाल र रोशन कुमार खतिवडा निर्वाचित भएका छन् ।
त्यसैगरी संघको आइसीसी सदस्यमा कुलराज शर्मा निर्वाचित भएका छन् ।