back

भाइरल ज्वरोका कारण एकको मृत्यु, सयौं विरामी

वि.सं.२०७४ भदौ २७ मंगलवार

339 

shares

२७ भदौं, जाजरकोट । कुशे गाउँपालिका–५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको आज बिहान भाइरल ज्वरोका कारण मृत्यु भएको छ ।

जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिनुभयो । यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उहाँको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

आज मात्र त्रिवेणी नलगाड नगरपालिका–८ मा शिविर सञ्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहँुदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् । यसभन्दा अगाडि बारेकोट गाउँपालिका–५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ ।

वि.सं.२०७४ भदौ २७ मंगलवार ०३:२२ मा प्रकाशित

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...