Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए युकेको अध्यक्षमा योगकुमार फगामी विजयी



yog-phagamiगैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अधिवेशनमा योग कुमार फगामी निर्वाचित भएका छन् ।
निर्वाचनका लागि भएको कडा प्रतिश्प्रर्धामा फगामीले अध्यक्षका अन्य दुई प्रतिश्प्रधीलाई ठूलो मत अन्तरले पछि पादै १२९८ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै आइसी सदस्यमा शान्ति थापा, जयप्रकाश गुरुङ र कुमारी गुरुङ विजयी भएका छन् । जसमा शान्ति थापाले १८०७ मत ल्याएर सबै उम्मेदवारको भन्दा सर्वाधिक मत ल्याएर विजयी भएको बताइएको छ ।

nrna-ukत्यसैगरी संघको उपाध्यक्षमा पुनम गुरुङ, शेर सुनार, डा. प्रेम आले, सुशीला राई, ललित न्यौपाने, प्रेम गाहा मगर विजयी भएका छन् भने महासचिवमा राजकुमार त्रिपाठी, उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण गाउँले, सुरोज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ, युवा संयोजकमा लालबहादुर (एलबीजेड), गुरुङ, कुमार थापा निर्वाचित भएका छन् । साथै सदस्यहरुमा अर्कराज तिम्सिना,गंगाबहादुर राना, विमला लिम्बू, डेबिन्द्र थापा,मुकेश राना,पवन राई,पवन शर्मा, होमनाथ पौडेल र जीतबहादुर रानाभाट विजयी भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी