back

नमिताले माया मारेपछि राजुको बेहाल

वि.सं.२०७४ भदौ २७ मंगलवार

408 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

accident-in-filmतुलसी बास्कोटा

मानिसहरु माया प्रेममा परेपछि एकले अर्काको खुसीको लागी जस्तोसुकै समर्पण गर्न पनि तयार हुन्छन् । हुन पनि उनीहरुले सँगै मर्ने बाँच्ने मात्र नभई बिछोडिने दिन नै आए पनि एकले अर्काको खुसीमा रमाउँने कसम खाएका हुन्छन् । यो व्यवहार तः सम्भव होला या नहोला त्यो सबै मान्छेको भोगाईमा भर पर्छ तर यहाँ एक युवतीले माया मारेपछि अर्का युवाको बेहाल भएको छ । अति नै माया गर्ने जोडी हो राजु श्रेष्ठ र नमिता राईको । उनीहरु हरेक ठाउँमा सँगै हुन्छन् तर एक दिन दैव निष्ठुरी भई दिन्छ र उनीहरु सवार मोटरसाईकल दुर्घटनामा पर्छ । हेर्ने मान्छेहरुको भिडबाट निस्किन्छन् अस्विन नेपाली । उनले बेहोस नमितालाई त्यहाँबाट उठाउँछन् तर राजुलाई उठाउने कोही हुँदैन । प्रेमिकालाई उठाएर राजुलाई किन त्यहीँ छोडे त अस्विनले ? यो थाहा पाउँन भने पुरा भिडियो नै हेर्नु पर्ने हुन्छ ।

मिठो स्वरको जादु समेत छर्न सफल मनोज राज सिवाकोटीको शब्द तथा संगीत र सिद्धान्त परियारको स्वरमा एउटा अत्यन्तै मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । रामकृष्ण चौलागाईको छायाँकन एवम शक्ति प्रज्जवल घिमिरेको सम्पादन रहेको तिमीले त माया मा¥यौ रे बोल रहेको उक्त गीतको भिडियोको निर्देशन रोशन सेवकले गरेका छन् । भिडियोमा राजु श्रेष्ठ, नमिता राई र अस्विन नेपालीले दमदार अभिनय गरेका छन् ।

वि.सं.२०७४ भदौ २७ मंगलवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
कलाकार सागर लम्साल ‘बले’ विहे गरे

कलाकार सागर लम्साल ‘बले’ विहे गरे

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन्...

बाहुबलीकी नायिका देवसेनालाई के रोग लाग्यो यस्तो ?

बाहुबलीकी नायिका देवसेनालाई के रोग लाग्यो यस्तो ?

काठमाडौं । भारतीय नायिका अनुष्का सेट्टीलाई अचम्मको रोग लागेको छ...

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल विजेता करणलाई गितार उपहार

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल विजेता करणलाई गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल आइडल विजेता करण...

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार

काठमाडौं । बर्दियाका करण परियार नेपाल आइडल सिजन ५ को...

आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को...

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

अमेरिका । लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप...