
२६ भदौ, काठमाडौँ । स्पेनिश क्लब वार्सिलोनाले चयाम्पियन्स लिग अन्तर्गत आज राति आफ्नै घरेलु मैदान क्याम्प नोउमा ईटलियन महारथी युभेन्ट्स सँग भिड्दै गर्दा गत सिजनको च्याम्पियनस लिगको क्वार्टर फाईनलमा बेहोरेको हारको बदला लिने मौकाको रुपमा लिने छ ।
उता युभेन्ट्स समेत यो सिजनको आफ्नो युरोपेली फुटबलको सुरुआती यात्रा जितको साथ निकाल्ने ध्यानमा हुने छ ।
प्रि सिजन अन्तर्गत भएको खेलमा वार्सिलोनाले युभेन्ट्सलाईं हराएको थियो । आजको खेलमा युभेन्ट्सले आफ्ना मुख्य खेलाडीहरु सामि खेदिरा, चिलेनी, मारियो मान्ड्जुकिक, कुआडराडो लगायतका खेलाडी हरु बिना नै मैदानमा उत्रिने छ । कुआडराडो गत सिजनको च्याम्पियन्स लिगको फाईनलमा बेहोरेको रात कार्डको कारण प्रतिबन्धमा परेका छन् । बाकीँ खेलाडी भने चोटको कारण खेल्न नसक्ने भएका हुन् ।
घरेलु लिगमा दुवै क्लबहरुले अहिले सम्म हार बेहोरेका छैनन् । तर्सथ यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।