back

अन्धविश्वासका कारण बालबालिकाको ज्यान जोखिममा

वि.सं.२०७४ भदौ २८ बुधवार

288 

shares
GLOBAL IME AD
NTC AD

२८ भदौ, कालीकोट । कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ ।

तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विक छोराको उपचार गर्न जिल्ला अस्पताल कालीकोटमा जान नमान्दा स्वास्थ्यकर्मीलाई हम्मेहम्मे भएको छ । उनले आफ्नो छोरालाई देउताको खड्को लागेको र उपचार गर्नु नपर्ने भनेपछि स्वास्थ्यकर्मीलाई आपत आइलागेको बताइएको छ ।

गएको वर्ष जिल्लाको साविकको सिपखाना गाविस, हाल रास्कोट नगरपालिका–१ निवासी सुशीला योगीको उच्च कुपोषणका कारण उपचार गर्दागर्दै मृत्यु भएको एक वर्ष नबित्दै सिपखाना–२ अर्थात रास्कोट नगरपालिका—१ निवासी तीनमहिने बालिका सम्झना रावतलाई समेत कुपोषणका कारण उपचारका लागि पठाइएको थियो ।

यसको ठीक एक वर्षअघि सुशीला योगीको कुपोषणले ज्यान गएको विषयमा देशैभरि चर्चा चलेको घटना नबित्दै जिल्लाको ९साविक चिल्खाया गाविस० हालको तिलागुफा नगरपालिका–११ का गोगन विकका चार वर्षीय छोरा नरेन्द्र विकको तौल पाँच किलो २०० ग्राम रहेको छ भने एमयुसिए सात दशमलव आठ सेन्टिमिटरअर्थात् ७८ मिमि रहेको चिल्खाया स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दुर्गप्रसाद आचार्यले बताउनुभएको छ ।

उहाँका अनुसार यसअघि उपचारमा नआएका गोगनले बच्चाको उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउँदा यहाँ उपचार नहुने भनी जिल्ला अस्पतालमा लैजान अनुरोध गरेपछि नमान्दा रु ५०० बाटो खर्च दिएर जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएको बताइएको छ ।

अहेव आचार्यले गाविसमा थुप्रै बिरामी कुपोषणका भए पनि जटील समस्या गोगनका छोराको भएको बताउँदै चार वर्षसम्म उपचारमा नआएका र देउता लागेर बिरामी परेको भनेकाले उपचारका लागि आफूले घरमा गएर दुई घण्टाभन्दा बढी परामर्श दिएर पठाउनु परेको बताउनुभएको छ ।

जान नमान्दा जिल्ला प्रहरी कार्यालयमा खबर गरेर पनि पठाउने भनेपछि वल्लतल्ल उपचारमा गएको उहाँले बताउनुभएको छ ।

जिल्ला अस्पताल, कालीकोटका पोषण अधिकृत कटक महतका अनुसार अस्पतालमा आएमा बच्चाको उपचारको जिम्मा जिल्ला अस्पतालले नै लिने बताउनुभएको छ ।

उहाँले जुनसुकै हालतमा भएपनि बच्चालाई उपचारका लागि जिल्लामा पठाउन अनुरोध गरेको बताउनुभएको छ । कालीकोटमा यसअघि साविकको फुकोट हाल रास्कोट नगरपालिका–६ निवासी रने लुवारकी छोरी मनसरा लुवारको आँखाको नानी फुटेर क्यान्सर हुँदा आँखामा किरा परेको अवस्थामा काठमाडौँमा उपचार भएको थियो ।

कालीकोट जिल्लामा अहिले स्वास्थ्य तथा पोषणसम्बन्धी काम गर्दै आएका विभिन्न गैरसरकारी निकायले एक हजारभन्दा बढी अर्थात् ६३ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याँक बाहिर आएको छ ।

सरकारी निकायको भन्दा विभिन्न गैससले पोषणसम्बन्धी वृद्धि अनुगमन, मातृशिशु तथा बाल्यकालीन पोषण, बहुक्षेत्रीय पोषण योजना, शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम, किशोरीलाई आइरन चक्की वितरण तथा सुनौला हजार दिन, कृषि तथा खाद्य सुरक्षा आयोजनाका साथै सर्वोत्तम पिठोलगायतका कार्यक्रम कर्णाली अञ्चलका पाँचवटै जिल्लामा सञ्चालन भएपनि कर्णालीमा एकपछि अर्को कुपोषण हुने क्रम निरन्तर रहेको छ ।

कालीकोट जिल्ला एक हजार ५०० मेट्रिक टन खाद्यान्न अभाव रहेको जिल्लाका रुपमा चिनिँदै आएको छ । जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा शीघ्र कडा कुपोषित बालबालिकाको उपचार जारी राखेको र जिल्लाका १० वटा क्षेत्रमा बहिरंग सेवा विस्तार गरी उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटले जनाएको छ ।

हाल कर्णालीका मुुगुमा ६१ प्रतिशत, डोल्पामा ११ प्रतिशत, जुम्लामा ९ प्रतिशत, हुम्लामा चार हजारमा एक हजार ३७९ जना अर्थात् ५८ प्रतिशत र सबैभन्दा बढी कालीकोटमा ६३ प्रतिशत बालबालिका कुपोषित रहेको बताइएको छ ।

कडा कुपोषणका लागि शीघ्र उपचार गर्न सरकारले गएको वर्ष कर्णाली अञ्चलका ५० भन्दा बढी ठाउँमा उपचारका लागि बहिरंग सेवा सञ्चालनमा ल्याएको थियो । कालीकोटमा यसअघि तीन बालबालिकाको कुपोषणबाट ज्यान गइसकेको छ ।

वि.सं.२०७४ भदौ २८ बुधवार ०३:०२ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...