च्याम्पियन्स लिगमा चेल्सीको दुई वर्ष पछि उत्कृष्ट पुनरागमन, विपक्षीको पोष्टमा आधा दर्जन गोल
२८ भदौ, काठमाडौँ । दुई वर्ष पछि च्याम्पियनस लिगमा फर्केको ईङलिश क्लब चेल्सीले आफ्नो सुरुआती खेलमा उतकृष्ट जित दर्ता गरेको छ । चेल्सीले आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा अजरवैजानको क्लब क्वारावागलाई ६ –० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा खेलको पाचौँ मिनेटमा पेड्रोले सुरुआती गोद गरेका थिए । यस्तै खेलको ३० औ मिनेटमा जापाकोष्टाले विश्वस्तरीय गोल गरेका थिए । पहिलो हाफमा २ गोलको अन्तरले अगाडी रहेको चेल्सीले खेलको दोस्रो हाफको ५५ औ मिनेटमा सेजर एज्पीलिकुएटा, ७१ औ मिनेटमा बाकायोको, ७६ औ मिनेटमा मिची बात्सुइले गोल गरेका थिए । यस्तै खेलको ८२ औ मिनेटमा क्वारावागका खेलाडीले आत्म घाती गोल गरेसँगै चेल्सीले विपक्षीको पोष्टमा आधा दर्जन गोल वर्साएको हो ।
जीत सँगै चेल्सी समुह सी को शीर्ष स्थानमा उक्लिएको छ । समुह सी अन्तर्गतको अर्को खेलमा एट्लेटिको म्याड्रिड र रोमाले बराबरी खेलेका छन् ।